समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

तीज पर्व : पशुपतिनाथ मन्दिरको चार वटै ढोका बिहानैदेखि खुला

तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीहरुका लागि मूल मन्दिरका चार ढोका आज बिहान ३ बजेदेखि खुला गरिएको छ । दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध भएर पशुपति मन्दिरमा पूजा गरी नाचगान गरिरहेका…

आज हरितालिका तीज मनाइँदै

 आज हरितालिका तीज पर्व मनाइँदैछ । नेपाली महिलाहरूले धुमधामका साथ तीज मनाउँदैछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि औपचारिक रूपमा शुरू…

विपिन जोशीकी आमा र बहिनीले भेटे इजरायली राष्ट्रपति

१ भदौ, काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेका छन् । नेपालका इजरायलस्थित राजदूत धनप्रसाद…

चितवन राष्ट्रिय निकुञ्जमा देखियो ‘सुँगुर दारे’ जंगली हात्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा अर्को जंगली भाले हात्ती देखिएको छ । निकुञ्जको पूर्वी क्षेत्र चुरे नजिकै रहेको हर्दाखोला क्षेत्रमा लामो दारा भएको जंगली भाले हात्ती देखिएको निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले जनाएको छ । सेनाले त्यस…

अविरल वर्षापछिको बाढीले ताप्लेजुङमा बेलिब्रिज बगायो

केही दिनदेखिको अविरल वर्षाले कोशी प्रदेशका पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ । लगातारको वर्षापछि विभिन्न ठाउँमा पहिरो र बाढीले सडक अवरुद्ध बनाएका छन् । ताप्लेजुङमा बेलिब्रिज नै बगाएको छ । कोशी प्रदेश प्रहरी विराटनगरका अनुसार…

नदीहरुमा जलसतह बढ्ने भन्दै सावधानी अपनाउन आग्रह

देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा छ । नदी तटीय…

मधेशमा मध्यमदेखि धेरै भारी वर्षा, कालीगण्डकीमा आएको बाढी सतर्कताको तहमा

सुक्खाग्रस्त बनेको मधेशमा केही दिनदेखि लगातार भारी वर्षा भएको छ । सरकारले नै संकटग्रस्त घोषणा गरेको मधेशमा वर्षा भएपछि किसानलाई राहत भएको छ । पछिल्लो २४ घण्टामा मधेशको एउटा केन्द्रमा धेरै भारी वर्षा मापन भएको छ भने विभिन्न ५ वटा…

प्रधानमन्त्री र मन्त्रीहरूले पाए आफ्नो तलब आफैं तोक्ने अधिकार

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैं तोक्ने अधिकार पाएका छन् । संघीय संसद्ले प्रचलित ऐनलाई संशोधन गरेर प्रधानमन्त्री र मन्त्रीहरूको तलब तोक्ने अधिकार मन्त्रिपरिषद्लाई दिएको हो । संघीय संसद्‍बाट पारित भएर गएको ‘केही…

नारायणगढ–बुटवल सडक : सात वर्षदेखि सास्ती, अझै एक वर्ष म्याद थपको तयारी

बुटवल नारायणगढ सडकखण्ड विस्तारको म्याद आज (बिहिबार)बाट सकिँदै छ । तर, सात वर्षदेखि निर्माणाधीन सडक खण्डमा जम्मा ७० प्रतिशत मात्रै प्रगति भएको छ । त्यसैले, सरकारले चौथोपटक एक वर्षका लागि म्याद थप्ने गृहकार्य थालेको छ । दाउन्ने सडक खण्डमा…

नवलपुरमा कालीगण्डकी कोरिडोर अवरुद्ध

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका–३ स्थित कालीगण्डकी कोरिडोर सडक अवरुद्ध भएको छ । हिउँदे खोलामा माथिबाट सुख्खा पहिरो झरेका कारण करिडोर पूर्ण रुपमा अवरद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । कार्यालयका…