समुह अनुसार हेर्नसहोस

रूपन्देही

रुपन्देहीका तीन स्थानीय तहको आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले युनिसेफ नेपालको साझेदारीमा सञ्चालित कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत रुपन्देहीका तीन स्थानीय तहहरूको आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । रेडक्रसले लुम्बिनी…

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम आज

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम मंगलबार (आज) प्रदेश सभामा प्रस्तुत गर्दै छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्नका लागि सिफारिस गरेको थियो । दिउँसो ४…

रुपन्देहीमा एक युवकको हत्या

धारिलो हतियार प्रयोग गरि रुपन्देहीमा एक युवकको हत्या भएको छ । जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका मनौरा निवासी अन्दाजी ३५ बर्षीय महेन्द्र यादवको शनिवार राति हत्या भएको हो । तीन सन्तानका बाबु रहेका यादवलाई घरभन्दा एक  किलोमिटर…

बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना संक्रमित मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष र एक महिला छन् । कोरोना पुष्टि भएपछि जेठ १५  गते अस्पताल भर्ना भएका  गल्याङ ११ स्याङ्जाका  पुरुषको मृत्यु भएको  छ । ३२ बर्षका पुरुषको गएराती…

रुपन्देहीमा जेठ ३१ गतेसम्म लम्बियो निषेधाज्ञा

रुपन्देहीमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको छ ।जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्र (डीसीएमसी) को सिफारिस अनुसार बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो…

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्‍यु

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-१४ की ५२ वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । वैशाख १३ गते संक्रमण पुष्टी भएकी उनी १५ गते…

बुटवलमा एक जनप्रतिनिधिको अस्पतालको शय्या नपाएर एम्बुलेन्समै मृत्यु

बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समा नै गएराति मृत्यु भएको छ । नेकपा एमालेको वडाअध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजिटिभ भएपनि बेड अभावका कारण होम आइसोलेसनमा थिए ।…

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बाइपास डेरा गरी बस्ने भारत घर भएका २८ वर्षीय गोबिन्द हरिजनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । गोविन्दले आफ्नै कोठामा लगेर ती महिलालाई जबरजस्ती…

बुटवलमा निषेधाज्ञा नमान्ने तीन जना जेल चलान

प्रहरीले रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै ८ जनालाई नियन्त्रणमा लिएकोमा…

रुपन्देहीमा सवारी साधनमा जोरबिजोर प्रणाली लगाइयो

रुपन्देहीमा कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनले सवारीसाधन संचालनमा पनि कडाई गर्ने भएको छ । डिसीसीएमसीको आज बसेको बैठकले यही वैशाख १४ गतेबाट जिल्लामा चल्ने सवारी साधनहरुलाई जोरबिजोर प्रणालीको आधारमा चलाउने निर्णय गरेको छ ।…