समुह अनुसार हेर्नसहोस

खेलकुद

फाइनलमा नेपाल नेदरल्याण्डसँग ४ विकेटले पराजित

कावासोती । नेपाल नेदरल्याण्डसँग फाइनलमा ४ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ८५ रनको लक्ष्य नेदरल्याण्डले ३ बल बाँकी छँदा ६ विकेटको क्षतिमा भेट्टाएको हो । टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न १८५ रनको लक्ष्य पछ्याएको…

मेस्सीको फ्रि–किक प्रहार सानी बच्चीसँग ठोक्किएपछि ..

काठमाडौँ । पछिल्लो समय अर्जेन्टिनी स्टार लियोनल मेस्सीको एउटा फ्रि–किक प्रहार सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । ३६ वर्षीय अर्जेन्टिनी स्ट्राइकर मेस्सी हाल अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेल्छन् । मेजर लिग सकर…

कावासोतीको भगवती क्लब विनयी त्रिवेणी अध्यक्ष कपको सेमीफाइनलमा

दुम्किबास । कावासोतीको भगवती एकता युवा क्लब नवलपुरको दुम्किबासमा जारी विनयी त्रिवेणी अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ । आयोजक मोडर्न युथ क्लव र कावासोतीको भगवती एकता युवा क्लब बीच भएको क्वाटर फाइनल खेलमा निर्धातिर…

प्रीतिको सफल शल्यक्रिया, मैदान फर्कन तीन महिना लाग्ने

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी महत्त्वपूर्ण सदस्य प्रीति राईको घुँडाको सफल शल्यक्रिया भएको छ। सोमबार सातदोबाटोस्थित बिएन्डबी अस्पतालमा प्रीतिको सफल शल्यक्रिया भएको र अवस्था सामान्य रहेको बताइएको छ। ‘प्रा.डा. अमित जोशीको…

साफ यू–१६ महिला च्याम्पियनसिप फुटबल : भुटानलाई सजिलै हरायो नेपालले

काठमाडौँ । साफ यू–१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले पहिलो जित हासिल गरेको छ । नेपालले सोमबार खेलिएको आफ्नो दोस्रो खेलमा भुटानलाई ३–० गोलले हराएको हो । जितसँगै नेपालले प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना कायमै…

साफ यू-१६ महिला फुटबलमा आज नेपाल र भुटानबीच भिडन्त

काठमाडौं । जारी साफ यू-१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले भुटानको सामना गर्दै छ । ललितपुरस्थित च्यासल मैदानमा यो खेल अपराह्न ३ बजेदेखि शुरु हुने छ । यस अघि सम्पन्न आ-आफ्नो पहिलो खेलमा नेपाल र भुटानले हर बेहोरेका छन् ।…

मेन्टर कप क्रिकेटः क्वाटरफाइनलका खेल शुरु, पहिलो खेलमा मिची एजुकेशन विजयी

कावासोती । प्रथम मेन्टर कप क्रिकेट प्रतियोगितामा क्वाटर फाइनलका खेलहरु शुरु भएको छ । पहिलो क्वाटर फाइनलमा मिची एजुकेशनले गैडाकोटलाई हराउँदै सेमीफाइनलमा आफ्नो स्थान शुरक्षित गराएको छ । मिची एजुकेशन र हन्टर हिटलर हटेला गैडाकोटका बीच…

नेपाल र नेदरल्याण्ड्सले टी-२० सिरिजको फाइनल खेल्ने

काठमाडौं। नेपाल र नेदरल्याण्ड्स जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पुगेका छन्। आइतबार नामिबिया र नेदरल्यान्ड्सबीच खेल बर्षाले सम्पन्न हुन नसकेपछि दुवैले एक एक अंक बाँडेपछि नेपाल र नेदरल्याण्ड्स फाइनल खेल्ने भएका हुन्।…

नेदरल्याण्डसलाई हराउँदै नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा

काठमाडौं । शनिबार नेदरल्याण्डसलाई ६ विकेटले हराउँदै नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पुगेको छ । अब नामिबिया र नेदरल्यान्ड्समध्ये एक टोलीमात्र फाइनलमा पुग्न सक्नेछन् । आइतबार नेदरल्यान्ड्स र नामिबियाबीचको नतिजाबाट फाइनल पुग्ने…

नामिबियामाथि नेपालको रोमाञ्चक जित, नामिविया विरुद्ध नेपाल ३ रनले विजयी

काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले नामिबियामाथि रोमाञ्चक जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियालाई ३ रनले हराउँदै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको छ । जितका लागि १८१ रनको लक्ष्य…