पूर्वी नवलपरासीमा एक्कै दिन १८ संक्रमित थपिए, मध्यविन्दुमा मात्रै १७ नयाँ भेटिए
नवलपरासी, ४ असार । पूर्वी नवलपरासीमा मात्रै विहीबार १८ जना नयाँ कोरोना संक्रमित भेटिएको छ ।
पोखरामा गरिएको परीक्षणको क्रममा मध्यविन्दु नगरापलिकाका १७ जना र गैडाकोट नगरपालिकाका १ जना रहेका छन् । यो सहित नवलपुरमा संक्रमितको संख्या ८४ जना पुगेको छ ।
विहीबार मध्यविन्दुको उमेर नखुलेका २ जना पुरुष, २१, ३५, ३२, १८, ३२, ४५, ३४, ४३, २५, १९, २०, १७ ४०, ३०, ३९ बर्षका पुरुष र गैडाकोट नगरपालिकाका २८ बर्षीय पुरुष रहेका छन् ।
संक्रमितहरुलाई उपचारका लागि प्राकृतिक चिकित्सालय रहजरमा लैजाने तयारी भईरहेको छ ।