मध्यविन्दुमा विहीबार भेटिएका १७ संक्रमित सबै भारतबाट आएका


पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा विहीबार कोरोना भाइरस संक्रमण पुष्टि भएका १७ जना सबै भारतबाट आएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पोख्रेलका अनुसार उनीहरु भारतको पन्जाव, सिमला, रत्नगिरी, मुम्बई, हैदरावादबाट आएका रहेका छन् । उनीहरुलाई विहीबार विहान नै रजहरको प्राकृतिक चिकित्सालय रजहरमा उपचारको लागि लगिएको पोख्रेलले जनाए । उनीहरुको अवस्था सामान्य रहेको समेत जनाइएको छ ।





सम्बन्धित
Loading...