सुदुरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि
कञ्चनपुर र अछामका थप दुई जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरका एक र अछामका एक पुरुषमा कोरोना पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले अछामको बान्नगढी जयगढ वडा नम्वर ३ का २६ बर्षीय पुरुष र कञ्चनपुरको बेल्डाँडीका २१ बषीय युवकमा कोरोना पुष्टि भएको जानकारी दिए।
उक्त प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ४१ जनाको कोरोना पुष्टि भएको समेत उनले बताए।