नवलपुर ७ दिन बन्दः के पाइने के नपाइने ?


नवलपुर प्रशासनले नवलपुरमा समुदायमा संक्रमणको जोखिम बढेसँगै सात दिनका लागि नवलपुर बन्द गरेको छ ।
प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेद्वारा जारी आदेशमा आज बुधबार राति १२ बजेदेखि १० गते राति १२ बजेसम्मका लागि अत्यावश्यक सेवा खाद्यान्न, औषधि पसल, खानेपानी, दुध, ग्याँस बाहेकका सबै पसल बन्द गर्ने आदेश भएको जनाइएको छ ।
त्यसैगरी विरामी तथा खाद्य वस्तु खरिदबाहेक अन्य अवस्थामा घरबाहिर ननिस्कन, राजमार्ग तथा भित्र सडकमा अत्यावश्यक बाहेकका सबै सवारी साधन बन्द, भेला, भिडभाड गर्न नपाइने जस्तो आदेश जारी भएको छ ।
त्यसैगरी धार्मिक गतिविधि गर्दा दैनिक नित्यकर्म बाहेकका अन्य गतिविधि गर्न नपाइने, अत्यावश्यक सरकारी कार्यालय सञ्चालन गर्दा न्यूनतम कर्मचारी राखेर चलाउने जस्ता आदेश जारी भएको छ ।



https://www.youtube.com/watch?v=LZ1VVM-lgfg


सम्बन्धित
Loading...