१० दिन देखी हराएकी बालिका मृत अवस्थामा फेला 


श्याम थापा
सुस्ता २४ पुष





पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न २ कि एक बालिका करिब १० दिन देखी हराएको बालिका मृत अवस्थामा फेला परेको छ ।
सुस्ता गाउँपालिका वार्ड न २ कुडिया स्थित हरिजन टोल बस्ने मुन्नी हरिजनको नातिनी अन्दाजी १५ बर्ष कि गिता हरिजन यहि पुष १५ गते देखि घरबाट हराएकी गिता हरिजनको भारतीय गण्डक पश्चिमी नहरको सुरजपूरा बिधुत गृह नजिकै मृत अवस्थामा पानीमा तैरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलाटारीको प्रहरी जवान बिनोद चौधरी आफ्नो कामको कारणले गर्दा बेलाटारी बाट सुरजपुरा जाने क्रममा देखेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिए ।
भारतीय गण्डक पश्चिमी नहरको पानीमा मृत अवस्थामा तैरिरहेको गिता हरिजनको शवलाई इलाका प्रहरी कार्यालय बेलाटारीले हरिजनको परिवारलाई बोलाई सनाखत गरेको र हरिजनको शवलाई आवश्यक चेकजाँच गर्नका लागि पृथ्वी चन्द्र अस्पताल परासी पठाएको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक बस्नेतले बताए ।




सम्बन्धित
Loading...