नवलपरासीमा माटोको ढिस्कोले पुरेर एक बालक गम्भिर घाईते
प्रतापपुर २६ पुस ।
नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं.५ श्रिरामपुरमा माटोको ढिस्कोले पुरेर एक बालक गम्भिर घाईते भएका छन ।
आज बिहान आफ्नो चार जना साथीहरु संग पश्चिम गण्डक नहरको बाधमा माटो खन्ने अवस्थामा ढिस्कोमा परि घाईते भएका थिए । प्रतापपुर गाऊपालिका वडा नं ६ बस्ने ११ बर्षिय दिलिप तेली गम्भिर घाईते भएका हुन । घाईते भएका तेलीको सहिद स्मृति सामुदायीक अस्पताल चौपत्तामा उपचार भइरहेको शसस्त्र प्रहरी बोर्डर आऊट पोष्ट गुठी परसौनीका शसस्त्र प्रहरी निरिक्षक माधव पण्डितले जानकारीले जानकारी दिनु भयो ।
अन्य चार जनालाई समान्य चोटपटक लागेको प्रहरीले जनाएको छ