पत्रकार महासङ्घको साधारणसभा आज पोखरामा


पोखरा, ९ फागुन । नेपाल पत्रकार महासङ्घको वार्षिक साधारणसभा तथा विधानअधिवेशन विहीबारदेखि पोखरामा शुरु हुने भएको छ ।



महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पोखरामा हुने कार्यक्रममा देशभरबाट प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार ५ सयको सहभागिता रहने बताए ।

सङ्घीय संरचनाअनुसार महासङ्घको संरचना पनि परिवर्तन हुन लागेको बताउँदै उनले साधारणसभासँगै हुने विधान अधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी अध्यक्षसहितको विधान परिमार्जन गर्ने जानकारी दिए । उनका अनुसार परिमार्जित विधानसँगै महासङ्घको सङ्घ, प्रदेश र जिल्लाको अधिवेशन एकै दिन हुनेछ ।



पोखराको साधारणसभा महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै उनले यससँगै महासङ्घ नयाँ गति एवं उत्साहका साथ अघि बढ्ने विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठका अनुसार सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्ने साधारणसभा एवं विधान अधिवेशन अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै प्रभातफेरीको आयोजना गरिएको छ ।



सम्बन्धित
Loading...