निरज बचाउ अभियान आफ्नै टोलबाट सक्रिय

425












कावासोती । ११ वर्षीय बालक निरज गौडेलको उपचार सहयोगार्थ कावासोती २ मालपोत टोलका स्थानीयहरु अर्थ संकलनमा सक्रिय भएका छन् ।
लुम्विनी आवासीय मा.वि. कावासोतीका जेहेनदार विद्यार्थी निरज अहिले उपचारको क्रममा भारतको नयां दिल्लीमा रहेका छन् ।
लामो समय काठमाण्डौ स्थित कान्ति बाल अस्पतालमा राखेर उपचार गर्दा पनि उनको रोग ठीक नभए पछि थप उपचारका लागि उनलाई दिल्ली लगिएको हो ।
निरजलाई रगतमा डब्लुविसीको कमी भई बोनम्यारो प्रत्यारोपण गर्न डाक्टरहरुले सुझाएका छन् । जसका लागि उनको उपचारमा तत्कालै ४० देखि ५० लाख रुपैया सम्म खर्च लाग्ने बताईएको छ ।
अति न्यून आर्थिक अवस्थाका निरजका बाबु कृष्ण गौडेल बैदेसिक रोजगारको शिलशीलामा कतारमा कार्यरत छन् ।
घरमा छोरा विरामी भएको थाहा पाए पछि कष्ण नेपाल फर्केर श्रीमति हरिकलासंगै छोरा निरजको उपचारका लागि दिल्ली पुगेका हुन् ।
बाबु कृष्ण गौडेल संग अहिले छोराको उपचारका लागि आवस्यक रकमको अभाव रहेको छ । कोही मनकारीहरुबाट हुने सहयोगका लागि भन्दै श्रीकृष्णले आफनै नाउमा नेपाल एसविआइ बैंक दरबार मार्ग काठमाण्डौमा ०००१७७१५२४१४१५५६५ नम्बरको खाता खोलेकाछन् ।
उनको उपचार सहयोगार्थ मालपोत टोल विकास संस्था कावासोतीले आज उहांहरुलाई परेको छ, भोलि हामीलाई पनि पर्न सक्छ भन्ने मर्मस्पर्सी भनाई सहित आयोजना गरेको सुरुवाती सहयोग कार्यक्रममै सोही वडाका अध्यक्ष लक्ष्मी प्रसाद पौडेल, सदस्य शिव पाण्डेले एक महिनाको पारिश्रमिक दिएका छन् ।
त्यसैगरी फेसबुक लगायत विभिन्न सामाजिक संजालबाट निरजको स्वास्थ्य स्थिति प्रति गम्भीर हुदै सहयोग गर्ने क्रमहरु पनि सुरु भएको जनाइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि लक्ष्मी प्रसाद पौडेल, शिव पाण्डे, योग प्रसाद रिजाल,बाबुराम कंडेल, त्रिभुवन तिवारी,खिना भुसाल, फेसबुक पेज नेपाली बाजेका दिपक सापकोटा लगाएतले निरजको उपचार सहयोगार्थ रकम संकलनका लागि ऐक्यबद्धता जनाए ।
विभन्न संचार माध्यममा कार्यरत संचारकर्मी तथा स्थानीय टोलबासीको उपस्थिति रहेको कार्यक्रम पत्रकार नारायण प्रभूको संचालन तथा संस्थाका अध्यक्ष हरि न्यौपानेको अध्यक्षतामा भएको थियो ।



You might also like
Loading...