अस्पतालको लापरवाहीले नवजात शिशुको मृत्यु


यहाँस्थित एक अस्पतालको लापरबाहीका कारण नवजातशिशुको मृत्यु हुन पुगेको छ । धनगढीको चटकपुरस्थित माया मेट्रो अस्पतालको लापरबाहीका कारण ती शिशुको मृत्यु भएको हो ।



मृत्यु हुनेमा टीकापुर नगरपालिका–५, मनिकापुरका बीरबहादुर चौधरीका डेढ वर्षीय छोरा विपुल चौधरी रहेका छन् । उनलाई मंगलबार आन्द्रामा हर्नियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई अस्पतालमा भर्ना गरिएकै दिन शल्यक्रिया गरिएको थियो ।

अस्पतालका सर्जर डाक्टर विनय तिमिल्सेनाले मंगलबार चार बजेतिर नवजातशिशुको हर्नियाको शल्यक्रिया गरेका थिए । शल्यक्रिया गरेको भोली (बुधबार) खेल्दै गरेका नवजात शिशुको बिहिबार विहान मृत्यु भएको आफन्तले गुनासो गरे ।



सम्बन्धित
Loading...