कावासोतीका बोन म्यारो रोगी बालक निरजलाई आर्थिक सहयोगको ओइरो, अझै ३९ लाख अभाव

975








नवलपरासी । पुर्वी नवलपरासीको कावासोती २ का बोन म्यारो पीडित निरज गौडेलको उपचारका लागि आर्थिक संकलन ओइरिने क्रम शुरु भएको छ ।
११ बर्षीय बालक निरज गौडेलको उपचारका लागि अहिलेसम्म ११ लाखभन्दा बढी आर्थिक संकलन भएको उनका पारिवारिक स्रोतले जनाएको छ ।
विगत दुई महिनादेखि शरीरमा स्वतरक्त कोष (डब्लुबीसी) को कमी भै बोन म्यारो रोगबाट ग्रसित रहेका ११ वर्षीय गौडेलको अहिले भारतको दिल्लीमा रहेको गङ्गाराम अस्पतालमा उपचारको भईरहेको छ ।
कान्ति बाल अस्पताल काठमाडौंमा एक महिनाको उपचार पछि अस्पतालले बोनम्यारो प्रत्यारोपणका लागि उनलाई भारतको दिल्ली स्थित एम्स अस्पतालमा रिफर गरेपछि उनलाई परिवारले थप उपचारका लागि दिल्ली लगेको हो । उनको दिल्लीको एम्स अस्पतालमा एक महिनासम्म पनि बेड उपलब्ध नभएपछि उनलाई दिल्लीकै निजी अस्पताल गङ्गाराम अस्पतालमा भर्ना गरिएको छ ।
उनको उपचारका लागि करिव ४० देखि ५० लाख खर्च लाग्ने र अहिलेसम्म जम्मा ११ लाख ३६ हजार आर्थिक संकलन भएको निरजका बुवा श्रीकृष्ण गौडेलले बताए । उनको उपचारका लागि अझै ४० लाखको हाराहारीमा खर्च नपुग्ने भएकोले निरजको उपचारका लागि सहयोग गरी छोराको जीवन बचाइदिन उनका बुवा र आमाले सबैसँग अपिल गरेका छन् ।
निरजलाई पुनजीवन दिन मालपोत टोल विकास संस्थाले निरज बचाउ अभियान नै सुरु गरी घरदैलो कार्यक्रम गरेको छ भने नेपाली बाजे फेसबुक पेज समूहले पनि उक्त अभियानलाई साथ दिदै देश–विदेशबाट आर्थिक संकलन गर्ने काम गरिरहेको छ ।
कावासोती २ का अध्यक्ष लक्ष्मी प्रसाद पौडेलले र सदस्य शिव पाण्डेले पनि १ महिनाको तलब हस्तान्तरण गरेका छन भने विभिन्न संघ संस्थाले पनि अभियानमा सक्रियता जनाइरहेका छन् ।
अभियानबाटै अहिलेसम्म मालपोत टोल विकास संस्थाले ४ लाख ८७ हजार ६ सय, नेपाली बाजे फेसबुक समुहले ५ लाख, लुम्बिनी आवासीय मा.वि. ले ५६ हजार ८ सय ७५ र शिवशक्ति टोल सुधार संस्थाले ९२ हजार गरी संकलन भएको ११ लाख ३६ हजार ४ सय ७५ रुपैयाँ संकलक स्वयंले निरजका बुबा श्रीकृष्ण गौडेलको नाममा रहेको नेपाल एस.वि.आई. बैंकको खाता नं. ०००१७७१५२४१४१५५६५ मा जम्मा गराइसकेको जानकारी गराएका छन ।
निरजको बोनम्यारो प्रत्यारोपणका लागि लगभग ४० देखि ५० लाख सम्म लाग्ने अस्पतालले जनाएको छ । अप्रेसनका लागि अग्रिम न्युनतम ३२ लाख जम्मा गरिसक्नु पर्ने भएकाले अहिले सम्म ११ लाख उठेको हुँदा कतै उपचारमा ढिला हुने त होइन भन्नेमा गौडेल परिवार चिन्तित बनेका छन ।
उता डाक्टरले अवस्था गम्भीर भएकाले छिटो अप्रेसन गर्नु पर्ने भन्दै रकम जम्मा गर्न गौडेल परिवारलाई सुझाएको छ ।
निरजलाई बचाउन भन्दै दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, पोर्चुगल, यु.ए.इ., कतार लगायतका देशहरूमा रहेका नेपालीहरुले आर्थिक संकलन गरिरहेका छन् ।






You might also like
Loading...