कावासोतीका एक सय जना विद्यार्थीहरुलाई स्कूल झोला वितरण


महाअभियान हरेक दिन एक मुठी दान अभियानको आयोजना एवम् ड्याड नेपाल र सहयोगी सस्थाको समन्वयमा मंगलबार कावासोतीका एक सय जना विद्यार्थीहरुलाई स्कूल झोला वितरण गरिएको छ ।



जनता मावि मगरकोटमा भएको कार्यक्रममा जनता मावि मगरकोट, जनता मावि विष्नगर, सहिद स्मृति मावि कावासोती, जीवनज्योती मावि कावासोती, सूर्योदय आधारभुत विद्यालय, जनकल्याण मावि, जनचेतना आधारभुत विद्यालयका सय जना विद्यार्थीलाई झोला वितरण गरिएको हो।
कमला लम्सालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा कावासोती १० का वडा अध्यक्ष टेकबहादुर महत्तो प्रमुख अतिथ्यतामा भएको थियो । रोशन तुलाधर, गङ्गा राई,कविर लम्साल र नेत्र मानन्धरले झोला सहयोग गरेका थिए ।



सम्बन्धित
Loading...