कावासोतीमा आफ्नै १३ बर्षिय छोरी बलात्कार गर्ने पक्राउ

299








कावासोती । १३ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले कावासोती १७ बाट ४५ वर्षीय बुबालाई आईतबार साझ प्रक्राउ गरेको छ । छोरीलाई बलात्कार गरेको मैखिक उजुरीको आधारमा जेठ १९ गते साँझ आरोपित बुबालाई प्रक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । लिखित उजुरीको लागि पीडित बालिका सहित आमा र जनप्रतिनिधि वडा अध्यक्षलाई समेत वडा कार्यालय बोलाएको प्रहरी निरीक्षक अधिकारीले बताए । पीडित बालिकालाई स्वास्थ्य परिक्षणको लागि भरतपुर लैजाने तयारी भइरहेको उनले बताए ।



You might also like
Loading...