राजपा नेपाल अध्यक्षमा महतो र ठाकुर भिड्दै, २५ पदाधिकारीसहित केन्द्रीय कमिटी १७१ सदस्यीय


काठमाडौं ।  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) आगामी महाधिवेशनबाट एकल नेतृत्वमा जाने निर्णय भएको छ । पार्टीको विधान संशोधन गर्दै निर्वाचनमा होमिएका राजपा नेपालभित्र नेतृत्वका लागि राजेन्द्र महतो र महन्थ ठाकुर आन्तरिक तयारीमा जुटेका छन् ।  पार्टीको विधान संशोधन गर्दै वडा तहदेखि केन्द्रसम्म दुईपटकभन्दा बढी अध्यक्ष बन्न नपाउने व्यवस्था छ । यसअघि वडादेखि केन्द्रसम्म अध्यक्ष मण्डलको व्यवस्था रहेकोमा त्यसलाई खारेज गर्दै आगामी महाधिवेशनबाट एकल नेतृत्वमा पार्टी जान लागेको हो ।
राजपा नेपाल अध्यक्ष मण्डलका पूर्वसंयोजक शरतसिंह भण्डारीले एकता महाधिवेशनबाट पार्टी अध्यक्ष मण्डल प्रणाली नभई अध्यक्षीय व्यवस्थाअनुसार हुने बताए । २८, २९ र ३० कात्तिकमा एकता महाधिवेशन गर्ने निर्णय पार्टीले गरेको छ । राजधानी दैनिकबाट



सम्बन्धित
Loading...