कालाे सूचीकाे कम्पनीसँग नेपालले स्याटेलाइट खरिद गर्दै
भ्रष्टाचार आरोपमा विश्व बैंकले कालोसूचीमा राखेको र दक्षिण अफ्रिकी अदालतमा मुद्दा परेको फ्रान्सेली विवादास्पद कम्पनी थेल्स ग्रुपसँग नेपालले स्याटेलाइट खरिद गर्न लागेको खबर कान्तिपुरमा छ ।
तीन महिनाअघि समझदारीपत्रमा हस्ताक्षर भइसकेको यो कम्पनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणका क्रममा सम्झौता गर्ने तयारी रहेको कान्तिपुरको दाबी छ ।