गुडिरहेको मोटरसाइलकबाट खसेर मृत्यु
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जना महिलाको मृत्यु भएको छ ।
शनिबार पाणिनी गाउँपालिका वडा नं. ३ खिदिममा गुडिरहेको लु ३६ प ६९८० नम्बरको मोटरसाइलबाट खसेर ४२ बर्षीया सुशीला आचार्यको मत्यु भएको प्रहरीले जनाएको छ ।
गुडिरहेको मोटरसाइलबाट एक्कासी बाटोमा खसरे घाइते भएकी सुशिलाको उपचारको क्रममा मिसन अस्पताल पाल्पामा मृत्यु भएको बुटवलबाट प्रकाशित हुने लुम्बिनी दैनिकमा खबर छ।