भानु जयन्तीमा नवलपुरका दुई अग्रज साहित्यकार सम्मानित


शोभा जिसी
नवलपुर, २८ असार ।
भानु जयन्तीको अवसर पारेर पूर्वी नवलपरासीका दुई अग्रज साहित्यकार सम्मानित भएका छन् ।
शनिबार दलदलेको ह्याप्पी एफएमले आदिकवि भानुभतm आचार्यको २०६ औँ जन्म जयन्तीको अवसर पारेर नवलपुरका दुई अग्रज साहित्यकारहरुलाई सम्मान गरेको हो ।




वरिष्ठ साहित्यकार कविवर गोविन्दराज विनोदी र नेपाल पत्रकार महासंघ नवलपरासीका संस्थापक एवम् साहित्यकार भुपेन्द्र शर्मा गण्डर्षिलाई सम्मान गरेको एफएमका प्रबन्धक निर्देशक दिपेश कडरियाले बताए ।
एफएमका अध्यक्ष डिल्लीराम कडरियाको अध्यक्षता रहेको भएको कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले साहित्यकारहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रममा उपस्थित साहित्यकारहरुबाट रचना वाचन समेत गरिएको थियो ।

गैंडाकोट जेसिजद्वारा साहित्यकार विनोदीको सम्मान




त्यसैगरी २०६ औं भानुजयन्तीको अवसरमा गैंडाकोट जेसिजले शनिबार नेपाली साहित्य र शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए वापत कविवर गोविन्दराज विनोदीलाई सम्मान गरेको छ ।
श्रस्टा सम्मान कार्यक्रम अन्तर्गत राजधानी बाहिर रहेर पनि नेपालको भाषा साहित्य र शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेका कारण सम्मान गरिएको गैंडाकोट जेसिजका अध्यक्ष भानुभक्त रिमालले जानकारी दिए।
कार्यक्रममा गैंडाकोट नगरपालिकाकी उपप्रमुख बिष्णु कुमारी कंडेलले विनोदीलाई सम्मान गरेका थिए ।
सम्मान पछि साहित्यकार विनोदीले सम्मानले आफुलाइ थप उर्जा प्रदान गरेको र अझै साहित्यमा लाग्न प्रेरणा दिएको बताए ।



सम्बन्धित
Loading...