प्रधानाध्यापकले नै मदिरा सेवन गरेर विद्यालयमा होहल्ला गरेपछि …

347








चितवन,
मदिरा सेवन गरेर विद्यालय हाताभित्रै होहल्ला गर्ने प्रधानाध्यापक सहित पाँच जना मङ्गलवार बेलुकी पक्राउ परेका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ स्थित कपरखोरी माध्यमिक विद्यालयमा प्राचार्य विष्णु कट्टेल सहित ५ जना मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा गएराती पक्राउ परेका हुन् ।




इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यका अनुसार विद्यालयका प्रधानाध्यापक सहित सह प्रधानाध्यापक कृष्ण विलास ढुङ्गाना, लेखापाल बालकृष्ण पौडेल, विद्यालय भवन निर्माण समितिका संयोजक बलराम बगाले र कार्यालय सहयोगी गोपाल रिमाल पक्राउ परेका छन् । उनीहरूले असार मसान्तको क्लोजिङ सकेर विद्यालय परिसरमै मदिरा सेवन गरेर होहल्ला गरेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तत्कालै घटनास्थल पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा उनीहरूलाई विद्यालय निर्माण गर्न बसेको ठेकेदारको स्टाफ बस्ने कोठाबाट पक्राउ गरिएको हो । मदिरा सेवन गरेका उनीहरूको राती नै प्रहरी नायव निरीक्षक प्रकाश सिंम्खडाले स्वास्थ्य परीक्षणका लागी बकुल्हर अस्पताल लगेको प्रहरीले जनाएको छ ।



You might also like
Loading...