तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर

नवलपुर । नयाँ बर्ष २०८३ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासंघ नवलपुरद्वारा आयोजित तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज गायिका ज्योति मगरको सांस्कृतिक प्रस्तुति रहने भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार महोत्सवमा आज नयाँ बर्षको दिन गायक यम आले मगर, चेतबहादुर केसी, हाँस्य कलाकार राजेन्द्र गिरी गुन्द्रुके, कमेडियन प्रदिप ज्ञवाली लगायतको प्रस्तुति रहने छ ।
महोत्सवमा आज बैशाख १ गते प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री रोशन गाहाको प्रमुख आतिथ्यितामा हुने छ ।
चैत्र २६ गतेदेखि कावासोती २ भाट्टा रंग शाला खेल मैदानमा भईरहेको महोत्सव बैशाख ७ गतेसम्म चल्ने छ ।
महोत्सवको डान्स आइडियल, लाखे नाँच प्रतियोगिता, भजन प्रतियोगिता लगायतको कार्यक्रम पनि हुने आयोजकले जनाएको छ ।

