लमजुङ र बाग्लुङमा खोलाले बगाएर ९ जनाको मृत्यु


लमजुङको दोर्दीखाेलामा आएको बाढी र पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । दोर्दी गाउँपालिकामा आएको बाढीले बगाएर ८ जनाको मृत्यु भएको हो । मृतकमध्ये २ जनाको शव दोर्दी गाउँपालिका–४ नौंथरमा भेटिएको छ भने अन्य शव माथिल्लो दोर्दी जलविद्युत आयोजना नजिकै भेटिएको प्रहरीले जनाएको छ ।

बाढी र पहिरोले २५ मेगावाटको माथिल्लो दोर्दी जलविद्युत आयोजनामा समेत क्षति पुर्याएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

उता, बाग्लुङको ढोरपाटन नगरपालिका–९ उत्तरगंगामा नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । नदी तर्ने क्रममा ढोरपाटनका ४५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ भने २२ वर्षीय सेते विक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । विकको शव पाँच सय मिटर तल पुर्याएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।
अविरल वर्षका कारण देशभर मानवीय तथा भौतिक क्षति हुने क्रम जारी छ ।



दोर्दी खोला बाढीमा परी मृत्यु हुनेको संख्या ३ पुग्यो, ११ बेपत्ता




लमजुङ : दोर्दी खोलामा आएको बाढीमा परी मृत्यु हुनेकोको संख्या तीन पुगेको छ। नौथर शेरामा दुई जना र कीर्तिपुर बेसीमा थप जना गरी तीन जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए। उनका अनुसार बाढीबाट ५ जना घाइते भएका छन् भने ११ जना बेपत्ता रहेका छन्।
बाढीबाट भएको भौतिक तथा मानवीय क्षतिको अझैसम्म पनि यकिन विवरण नआएकाले मानवीय क्षति अझ बढ्न सक्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए।
दोर्दी गाउँपालिका ६ ढोडेनी क्षेत्रमा दिउँसो करिव ३ बजेतिर भीषण बाढी आएको थियो। दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार स्थानीय र जनप्रतिनिधिहरू अहिले उद्धारमा खटिएका छन्।
बाढीमा परी मृत्यु हुनेमा माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्यमा खटिएको कामदार र लिबर्टी जलविद्युत आयोजनाका कर्मचारी हुनसक्ने स्थानीयको भनाइ छ। प्राप्त शवको अहिलेसम्म पहिचान खुल्न नसकेको प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए। बाढीले लिबर्टी हाइड्रो पावरमा क्षति पुगेको छ। अहिले स्थानीय बासिन्दा, जनप्रतिनिधि र सुरक्षाकर्मी उद्धारमा खटिएका छन्।


सम्बन्धित
Loading...