भानु तिम्रो सम्झनामाः सङ्क्षिप्त दृष्टिकोण




मैले गंगा लिगलका सिर्जनाहरू मध्ये करिव एक दर्जन कृतिहरू पढीसकें । अहिले मेरो हातमा ‘भानु तिम्रो संझनामा’ कवितासङ्ग्रह छ। साहित्यिक लेखनमा कहिल्यै नथाक्ने लिगलजीलाई फेसबुकमा पनि निरन्तर कविता पस्केको अध्ययन गर्न पाइन्छ । उनको साहित्यिक यात्रा भनेको मातृभूमिप्रतिको अगाध माया हो। उनी विदेशमा छिन् तर उनको आत्मा नेपाली र नेपालको समृद्धिको लागि तड्पिरहेको हुन्छ। मलाई लाग्छ नेपाली भाषा साहित्य, कला, संस्कृति, चाडपर्व, आद्यात्मिक चिन्तन, मानवीय जीवन, समाज, प्रकृतिचित्रण, राष्ट्र–राष्ट्रियता आदिलाई आत्मसात् गर्नु नै उनको लेखनको विशिष्टता हो ।
‘भानु तिम्रो सम्झनामा’ उनका २७ ओटा कविताहरू, भानुलाई विविध दृष्टिकोणबाट हेरिएका र सम्झना गरेर लेखिएका देखिन्छन्। लेखनको उद्देश्य पनि भानुप्रतिको श्रद्धाभाव भानुकै जन्मजयन्ती लोरिडामा मनाइने कार्यक्रममा विमोचन गराउने थियो जस्तो लाग्छ। जेहोस् अमेरिकामा बसेर पनि आदिकवि भानुभक्तको प्रसिद्धिलाई फैलाउन जुन प्रयास गंगाजीले गर्नुभएको छ यो अत्यान्त प्रशंसनीय र अनुकरणीय छ ।





सर्बप्रथम भानुले दिएको अमृतरूपी साहित्यको पान गर्दै भानुप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ। आध्यात्मिकता जीवनको अमूल्यमोती हो। यस्तो अमूल्य मोतीलाई भानुले रामायण मार्फत नेपाली मात्रलाई प्रदान गरेका धारणा प्रष्टिएको छ। भानुले नेपाली भाषा मार्फत नेपालीलाई एकीकृत गरेको कुराहरू सर्वविदित नै छ। भानुको अनुकरणीय जीवन आज पनि त्यत्तिकै खाँचो छ जो हिजो थियो। त्यसो हुँदा कवयित्रीले भन्नु हुन्छ –
कहिल्यै अस्त नहुने
सूर्य तिमी
अरू पनि खाँचो छ तिम्रो यहाँ
बसन्तसँगै आइदेउ तिमी
(आइदेउ तिमी, पृष्ठ २१)
मानव जीवनमा उत्थानको लागि केही प्रेणाको आवश्यक पर्छ । प्रेणादायक सानो पनि हुन सक्छ । ‘सानो घाँसीबाट इहलोक र परलोक ज्ञान र आदर्शको महत्व प्राप्त गरी आज नेपालीका आँखाका तारा भए’ भानुभक्त भन्ने धारण आएका छन् । भानतुलाई निधिको रूपमा लिंदै गंगाजी भन्नु हुन्छ
तिमी राष्ट्रका कुवेर हौ
भने,
तिमीले छाडेका हाम्रो
भाषा साहित्यको भण्डार
हाम्रो निधि हो ।
जुन तिमीले छाडेर गएका छौ
यो हाम्रो धरोहर हो ।
(हाम्रो निधि, पृष्ठ २६)

बालक कालबाट भानुले चालेका प्रगतिमय पाइलाले, शिखर चुमेका धारणा , युगपुरुष भएका धारणा, कतै जीवनका अतितका दिन बाल्यकाल देखिका सुख दुःख शोषक प्रशासन बाट प्राप्त कष्ट आदि सबै नेपाली भाषा साहित्यमा अग्रसरता दिलाएकोले ‘आजको वर्तमान मात्रको लागि पारदर्शी ऐना बन्न पुग्यो’ भन्ने गंगाजीको ठहर आएको छ । भानुभक्तको कवित्व प्रस्फुटनलाई प्राकृतिक सौन्दर्य सँग जोडर ‘स्वर्गीय आनन्द स्थलमा सिर्जिएको कवित्व जलथल भएर आज नेपाली धरती मात्र होइन सार विश्वमा सुवासित भैरहेछ’ जस्ता अभिव्यक्तिहरू गंगाजीले पस्कनु भएको छ। भानुभक्तीय रामायण एउटा लोकप्रिय महाकाव्य हो । यसका हरेक पङ्तिmले मानव मन छुन्छ । रामायणलाई गंगाजीले ‘आत्मीय सम्पत्ति हो’ भन्नु भएको छ । यही रामायण लेखेकै कारण भानुभक्त आदिकवि भए,। त्यसो हुँदा यो आत्मीय सम्पत्तिलाई जगेर्ना, संरक्षण र संवर्धन गर्नु पर्छ भन्ने धारणा सहित उहाँ भन्नुहुन्छ
रामायण मानवको लागि
अनुपम सन्देश हो भने
सौन्दर्य र माधुर्य
यसका सुवास हुन्
(सौन्दर्य र माधुर्य, पृष्ठ ४२)
भानु संसारमा जन्मेर हामीलाई ज्ञानका धाराहरू बगाइदिए । रामायण भक्तमालाबाट हामीले धार्मिक आध्यात्मिक ज्ञान प्राप्त गरेम्। त्रधू शिक्षले छोरी बुहारीलाई घर, समाज, देशप्रति, आफ्नो कर्तव्यको वोध गराएको र परिवारमा आत्मीय भावनाको सिर्जना ग¥यो । ‘देशको धर्म, संस्कृति र संस्कार जगेर्ना गर्ने प्रशस्त मार्ग औंल्याउन सफल भयो’ यस्ता ज्ञानलाई सर्वोपरि मान्न सकिन्छ भन्ने धारणा कवयित्रीले पस्केकी छन् । भानुभक्तको लेखनमा के छ भन्दा के छैन भन्न सकिन्छ किनकी सम्पूर्ण रसले युक्त कवित्व रस छ, सौन्दर्य माधुर्य, गाम्भीर्यले ओतप्रोत भई अवर्णनीय बन्न पुगेको छ, जसको ज्योतिपुञ्जले आजको जगत् मात्र उज्यालो नभै यसको प्रतिबिम्बले सारा ब्रह्माण्ड नै प्रतिबिम्बित भएको छ ।
यस कृतिमा भानुभक्तको प्रेणास्रोतको प्रथम व्यक्ति घाँसी नै हो र यसले अमरत्वको पाठ सिकाएकोले उनी अमर पुरुष र नेपाली भाषाका केन्द्रविन्दु बन्न पुगे, वास्तवमा युगका कसौटी र नेपाली भाषाका जनक बने, त्यसो हुँदा भानुभक्तको मार्ग दर्शनलाई हामीले अनुशरण गर्नुपर्छ भन्ने गंगाजीको प्रतिबद्धता यहाँ यसरी आएको छ –
भानु तिम्रो माया छ हामीलाई
तिम्रो स्वच्छ छाया छ हामीलाई
हाामी पछ्याउँछौं
तिम्रो मार्गलाई
तिम्रो उन्नतशील
पाइलालाई
(अनुकरण, पृष्ठ ५१)
यस कृतिमा अधिकांस कविता भानुभक्तसँग आवद्ध छन् तर केही कविता भानुभक्तसँग आवद्ध होइनन् कि जस्तो लाग्यो । कविको भावना र प्रस्तुतिलाई पाठक या समीक्षकले फरक अर्थमा पनि बुझ्न सक्छन् । जेहोस् यी कविताले जीवन दर्शन मानवीयता, आध्यात्मिकता, प्राकृतिक सौन्दर्यतालाई विशेष जोड दिएको पाइन्छ । शिक्षाः शिक्षालाई गंगाजीले जीवनको विशाल गृहको रूपमा लिनु भएको छ। ‘जीवन यात्राको अर्को नाम शिक्षा पनि हो भन्नुहुन्छ। ‘शिक्षले मानव जीवनको मोडलाई क्रमबद्ध र गतिशीलता तर्फ अग्रगामी बनाउने र सम्पूर्ण मूल्य र मान्यता लाई सकार्दै जीवनलाई कान्तिमय बनाउँदै जीवन सफल पाछृ भन्ने धारणा आएको छ ।
मोलिकताः साहित्यमा मौलिकता भयो भने प्रसिद्धितिर स्वतः लम्कदै प्रतिष्ठाको श्रेणीमा गणना हुन पुग्दछ जस्ता गहन भावना आएका छन् । भानुको नाम यहाँ उल्लेखित छैन तर भानुको लेखनमा मौलिकता भए र नै प्रसिद्धितिर लम्केर प्रतिष्ठा पाएको भन्न सकिन्छ ।
म हुँः यो कविताले पसिनाको महत्त्वलाई दर्शाएको छ । गंगाजीका साहित्यमा हामीले आशावादी मार्गदर्शनलार्इै महत्त्व दिएको पाउँछौं । उहाँ भन्नु हुन्छ –
‘नैराश्यता मानिसको कलंक हो।’ ‘यसले जीवनलाई धकेल्छ दलदलमा ।’ ‘मानव मानव भै बाँच्नु पर्दछ यो नै दिव्य सन्देश हो ।’ यस कवितामा गंगाजीले पस्केका धेरै सन्देशले मानवीय जीवनलाई उच्चाइतिर अग्रसर गराउँछ । मानिसले सार्थक जीवन बिताउन क्रियाशील हुनु पर्छ र अग्रगामी सोच राख्नु पर्छ । नैराश्यको भारी बोकेर मानिस दलदलमा फस्नु सिवाय अरू उपलब्धि हाँसिल गर्न सक्दैन मानव मानव भएर बाँच्न सक्दैन । जीवित भए पनि ऊ मरे तुल्यको जीवनमा बाँचेको हुन्छ । यसै कवितामा अर्को सन्देश पनि यसरी प्रवाह भएको छ –
‘हरेक नेपाली गाँस र बासमा
पीयुसको स्वाद छ
यो भन्दा अर्को के होला ।’
मानिसले आफ्नै परिश्रमको फलको उपभोग गर्नु पर्छ भन्ने अविस्मरणीय सन्देशलाई यहाँ प्रस्तुत गर्न मनासिव ठाने जो यसप्रकार छ –
म परिश्रमको मोल खान्छु
त्यसबाट उत्रेको
पसिनाको मूल्यलाई
मोतीको किमत लगाउँछु
परिश्रम गर्ने मानिसले सम्पूर्ण रूपले सुखानुभूति प्राप्त गर्छ भन्ने कवयित्रीको धारणा छ ।
विलासिताको दास हुँदैन बन्नः यस कवितामा मानव जीवन ईश्वरीय देन हो । यो अमूल्य छ । यस्तो अमूल्य जीवनलाई खेर फालेर विलासिताको दास बनाउन हुँदैन भन्ने एउटा सन्देश आएको छ भने अर्को सन्देशमा कवयित्रीको शब्दमा पढौं–
मानवता विना मानव
दानवसरह हुन्छ
त्यसर्थः मानवले मानव भएर नै
संसार बाच्नु पर्छ
जसको गौरव अद्व्तिीय होस्
(पृष्ठ ६१)
गंगाजीले यस कवितासङग्रहमा आदिकवि भानुभक्त सम्बन्धमा उठाएका धेरैै कुराहरू यथार्थपरक छन् र गंगाजीको कविता लेखनमा पनि नविनरूपले स्थान लिंदै गएको छ । आमा र नेपाली भूमिप्रतिको अगाध मायाले ओतप्रोत उनको हृदयमा प्रकृतिको रम्यताले पनि गहिरो स्थान लिएको देखिन्छ । ‘भानु तिम्रो सम्झनामा’ पनि प्रकृतिको रम्यतालाई भानुसँग जोडिएको छ । यसरी प्रस्तुत गर्न सक्नु कायित्रीको विशिष्ठ कला हो। झट्ट हेर्दा कविता सरल भाषामा लेखिएका छन्। अर्थात उनको साहित्य लेखन अति सरलरूपमा प्रस्तुत भएको देखिन्छ। सरलतामा पनि गहनता हुन्छ। त्यसो हुँदा अध्ययनकर्ता जो कोहीले पनि यिनका साहित्यमा अमृत पान गर्न चाहन्छ भने समुद्रको छालमा तैरिने होइन मुक्ताफल टिप्ने कोशिस गर्नु पर्छ ।
अतः गंगाजीको यस कविता कृतिले आदिकवि भानुभक्त आचार्यको साहित्यिक योगदानको उच्च मूल्याङ्क गरेको छ । उनको लेखन सरलता र साहित्यिक योगदानको बारेमा भूमिकाकार सोमनाथ घिमिरेजीले लेख्नु हुन्छ – ‘सरल भाषामा आफ्ना भावना र विचार प्रस्तुत गर्ने उहाँको प्रयासले अन्तराष्टिूय जगत्मा नेपाली साहित्यको परिवेश व्यापक बनाउन प्रशंसनीय योगदान पु¥याएको छ।’ यस कृतिमा प्रस्तुत भएका गंगाजीका सकरात्मक सोचहरूको उच्च मूल्याङ्कन गर्दै यस सानो लेखको यहीं बिट मार्न चाहनछु र गंगाजीको सुश्वास्थ र लेखन निरन्तरताको कामना गर्दै विदा चाहान्छु।



सम्बन्धित
Loading...