रुपन्देहीमा भेटिए ४८ जना डेंगुका बिरामी


रुपन्देहीमा ४८ जनामा डेंगुको संक्रमण देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल, युनिभर्सल मेडिकल कलेज र क्रिमसन अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेंगु भेटिएको हो ।



बिरामीको संख्या दैनिक बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्रकुमार गिरीले बताए । ‘अहिलेसम्म ४८ जनामा संक्रमण देखिएको छ । समयमै सचेत नभए भयावह हुन सक्छ,’ उनले भने ।




केही दिनयता भाइरल ज्वरोका बिरामी बढसँगै डेंगुका बिरामी पनि देखिएका हुन् । अस्पतालमा बिरामीको अत्यधिक चाप छ ।

रुपन्देहीमा ६ वर्षदेखि डेंगुका बिरामी भेटिदै आएका छन् । गतवर्ष ३८ जना मात्रै बिरामी भेटिएका थिए । अहिलेसम्म चारजनाको मृत्यु भैसकेको छ ।

जमेको सङ्लो पानीमा डेंगु फैलाउने लामखुट्टेले प्रजनन् प्रक्रिया गर्ने भएकाले वर्षा रोक्रिएसँगै रुपन्देहीमा पोजिटिभ बिरामी भेटिएका हुन् ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलका मेडिकल सुपरिटेन्डन डा. कृष्ण खनालले अस्पतालमा बिरामीको संख्या दैनिक बढिरहेको बताए ।

स्वास्थ्य कार्यालयले रोग फैलाउने लामखुट्टे मार्नका लागि अभियान थालेको छ । त्यसका लागि प्रहरीको सहयोग मागिएको प्रमुख गिरीले बताए ।



सम्बन्धित
Loading...