चोरमारामा आज विहानदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध, मौसमले साथ दिए दिनभरीमा मर्मत हुने

नवलपरासी, ९ असोज । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको चोरमारामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ ।
नेपाल टेलिकम शाखा कावासोतीका प्रमुख प्रभुराम मौरेका अनुसार चोरमारा बजारको पूर्व पट्टी उकालोमा टेलिकमको फाइबरमा सवारी साधनले क्षति पुर्याएका कारण आज विहानदेखि चोरमारा बजार आसपासका क्षेत्रमा नेपाल टेलिकमको सिडिएमए, ल्याण्ड लाइन र मोबाइल सेवा अवरुद्ध भएको हो ।
मौरेले ढिलो गरी आफूहरुलाई खबर भएकोले मर्मत गर्न समय लागेको बताए । उनले दिन भर पानी नपरी मर्मत गर्न पाए आज नै चोरमारा आसपासका क्षेत्रमा नेपाल टेलिकमको सेवा सञ्चालनमा आउने बताए ।