पिङ खेल्दै गरेकी बालिकाको चितवनाको आक्रमणमा परी मृत्यु





तनहुँ- बडादशैकै दिन चितुवाको आक्रमणबाट तनहुँको भानुमा एक बालकको मृत्यु भएको छ । मंगलबार साझ चितुवाको आक्रमणबाट घाइते भएका तीन वर्षीय आशिष बानियाँको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा साझ ७ बजे मृत्यु भएको हो । भानु नगरपालिका वडा नं १ जामुनेगैह्रा स्थित आफ्नै घर नजिक पिङ खेलिरहेका अवस्थामा साझ ५:३० बजे चितुवाले आक्रमण गरेको थियो ।




साझ आफ्नै घर नजिक टौवामा राखिएको पिङ खेल्दै गर्दा चितुवाले आक्रमण गरेको ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका इन्चार्ज दिपेन्द्र श्रेष्ठले जनाएका छन् । पिङ राखिएको टौवा घरबाट करिब २ सय मिटरको दुरिमा रहेको प्रहरीले जनाएको छ ।

भानु नगरपालिका क्षेत्रमा यश अघि पटक-पटक चितुवाले आक्रमण गर्दा चार जना बालबालिकाको मृत्यु भैसकेको छ ।





सम्बन्धित
Loading...