वडास्तरीय बाल क्लव फुटवल प्रतियोगिताको उपाधी कावासोती १ ले जित्यो

883








कावासोती । कावासोतीमा भएको वडा स्तरीय बाल क्लब फुटबल प्रतियोगिताको उपाधी कावासोती १ ले जितेको छ ।
पुर्वी नवलपरासीको कापासोती वडा नं. १३ बाल क्लब संजालको आयोजनामा भएको बाल मैत्री स्थानीय शासन तथा बाल अधिकार सम्वन्धी सचेतनामुलक वडास्तरीय बाल क्लव फुटवल प्रतियोगिताको उपाधी कावासोती वडा नम्वर १ ले उचाल्न सफल भएको हो ।




शुक्रबार भएको फाइनल खेलमा कावासोती वडा नम्वर ७ लाई ३–० गोल अन्तरले पछि पादै कावासोती १ विजय बन्न सफल भएको हो ।
यो संगै वडा नम्वर ७ दोस्रो स्थानमा नै चित्त बुझाउन परयो ।

प्रतियोगितामा प्रथम हुने कावासोती १ ले नगद २० हजार रुपैयाँको साथमा ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन भने दोस्रो हुने कावासोती ७ ले नगद १२ हजार ५ सय साथमा ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन ।
खेल कावासोती १३ स्थित गैरीको खुल्ला मैदानमा सञ्चालन भएको थियो ।



You might also like
Loading...