आफैले बोकेको पटाका पड्किँदा चार जना घाइते




रुपन्देहीमा गुडिरहेको मोटरसाइकलमा आफैले बोकेको पटाका अचानक पड्किँदा मोटरसाइकल चालकसहित ४ जना घाइते भएका छन् ।

तिहारका लागि भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा मोटरसाइकलको साइलेन्सरको तातोले पटाका एक्कासी पड्किँदा ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।




घाइते हुनेहरुमा लु.२० प. १५ नम्बरको मोटरसाइकल चालक रुपन्देहीको गैडहवा गाँउपालिका शिशवा बस्ने ३२ बर्षीय अशोक यादव, सोही स्थानका ठूलो पडरिया निवासी ७० बर्षीया गुलराही मुसलमान, २३ बर्षीय  धमेन्द्र भुज र एकजना परिचय नखुलेकी पैदलयात्री महिला रहेको इलाका प्रहरी कार्यालयले लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

भारतीय बजार ककरहवाबाट लु.२०प. १५ नम्बरको मोटरसाइकलमा पटाका अवैधरुपमा नेपाल भित्र्याउँदै गरेको समयमा लुम्बिनी साँस्कृतिक नगरपालिका-३ को ठूलो पडरियामा सो घटना भएको उनले बताए ।



सम्बन्धित
Loading...