पत्रकार शिवाकोटी इन्जा साहसी पत्रकारिता पुरस्कारबाट सम्मानित




पत्रकार अजयबाबु शिवाकोटी ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन् । नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) द्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पत्रकार शिवाकोटीलाई १ हजार डलर राशिको सो पुरस्कार प्रदान गरिएको हो ।

मानवअधिकारवादी नेता कृष्ण पहाडीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा शिवाकोटीलाई सम्मान गरिएको हो ।



नेपाल प्रेस युनियनका महासचिवसमेत रहेका शिवाकोटीले आफूले पाएको पुरस्कार राशिमध्येबाट सिभिल अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका पत्रकार डिलप्रसाद शर्माको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

हाम्रा कुरा डट कमका सम्पादक शिवाकोटीले डेढ दशकभन्दा लामो समय पत्रपत्रिका, रेडियो तथा टेलिभिजनमा आवद्ध भएर काम गरिसकेका छन् ।



सम्बन्धित
Loading...