शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेर सरकारले कायरता देखायोः प्रदेश इन्चार्ज अनुकुल


मंसिर १४ गते सरकारले संघीयदेखि प्रदेश सांसद र स्थानीय तहको वडाअध्यक्षदेखि माथिल्लो पदमा रिक्त रहेका स्थानमा उपनिर्वाचन गर्दै छ । तर, मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले भने यो उपनिर्वाचनको वहिस्कार भन्दै ठाउँठाउँमा कोण सभा तथा विरोध र्यालीहरु गरेका छन् । आखिर मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले उपनिर्वाचन किन वहिस्कार गर्यो त ? नेकपा क्रान्तिकारी माओवादी प्रदेश नं. ७ को प्रदेश इन्चार्ज अशोक लम्साल अनुकुलसँग दाउन्ने न्यूज अनलाइनका लागि रामकुमार श्रेष्ठले गरेको कुराकानीको संपादित अंश



  • यो उपनिर्वाचनको वहिस्कार किन गर्न पर्यो ?



योे संसदीय व्यवस्था असफल भईसक्यो । संसदमा रहेकोले पनि संसदीय व्यवस्थाबाट केही हुन्न भन्ने भनिरहेका छन् पछिल्लो गतिविधिले पनि त्यो प्रमाणित गरेको छ । यो व्यवस्थाले न राष्ट्रियताको रक्षा हुन्छ न त देशको विकास नै हुन्छ, न त जनजीविकाको समस्या हल गर्छ त्यसैले निर्वाचनको वहिस्कार गरेका हौं ।

  • यो व्यवस्थाको विकल्प के हो ?

यो व्यवस्थाको विकल्प भनेको राष्ट्रिय पूजीपति वर्ग, स्वाभिमानी नेपाली, सर्वहारा वर्ग सबै मिलेर भिषण वर्गसंघर्ष गुज्रेर संघीय जनगणतन्त्रात्मक राज्य व्यवस्था ल्याउनु नै यसको विकल्प हो ।

  • विप्लव नेकपाले पनि वहिस्कार भनेको छ, तपाईहरुले पनि भन्नु भएको छ, गोपाल किँरातीको नेकपा माओवादी केन्द्रले पनि वहिस्कार भनेको छ तर प्रभावकारिता त खासै देखिएन त ?

अहिले सत्ता पक्ष र संसदीय व्यवस्थालाई मान्नेहरुकै हालीमुहाली छ । वहिस्कारको प्रभावकारिता देखिने भनेको चुनावलाई विथोल्नै सक्दा प्रभावकारिता देखिन्थ्यो । निर्वाचन असफलनै गराउने उपनिर्वाचन हुनै नदिने भन्ने हाम्रो होइन । हामीले यो चुनावबाट भण्डाफोरकै निति मात्र लिएका छौं । तर, पनि यो उपनिर्वाचन स्वतः असफल भयो किन भने प्रतिपक्ष शक्तिलाई थुनामा राखेर त्यसपछि सेना प्रयोग गर्ने गरी गरिने निर्वाचनको अन्तराष्ट्रिय रुपमा मान्यता हुँदैन । यिनीहरुले जबरजस्ती गराइराखेका छन् । आफैमा असफल भईसक्यो । त्यसकारण यो निर्वाचनलाई बहिस्कारको नाममा धेरै गर्नु पर्दैन भण्डाफोरले नै पुगेको छ । हाम्रो योजना पनि वहिस्कारको नाममा भण्डाफोर गर्ने हो हामी सफल भएका छौं ।

  • सभा गरेर पर्चा बाँडेर मात्र वहिस्कार गरेम भनेर पुग्छ ?

अहिलेको हाम्रो योजना त्यही हो । संसदीय व्यवस्था वेठिक छ भनेर जनतालाई आमसर्वसाधारणलाई सुसुचित गर्ने हो । यो व्यवस्थाबाट देश र जनतालाई निकाश पाउँदैन भन्ने प्रष्ट्याउने हो । सोही अनुसार हामीले जनतालाई यस विषयमा प्रष्ट पारेका छौं । हामी हाम्रो लक्ष्यमा सफल भएका छौं ।

  • वहिस्कार कार्यक्रम कसरी अगाडि बढेको छ ?

वहिस्कारको कार्यक्रम शान्तिपूर्ण नै हो । तर, यो सरकार डराएर हाम्रा साथीहरुलाई गिरफ्तार गर्ने मुद्दा चलाउने गरेका छन् । यो कायरता हो, भन्ने कुरा सबैले प्रष्टसँग बुझ्नु पर्छ । हामी विध्वंसात्मक प्रकारको कार्यक्रम हामीले नलैजाँदा नलैजाँदै गर्दा पनि हामीलाई शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न नदिएर गिरफ्तार गर्ने मुद्दा चलाउने कार्य गरिएको छ यो निन्दनीय छ। यो सरकारको कारयतापूर्ण कदम हो । हामीले संसदीय व्यवस्थाको भण्डाफोर गर्दै भित्ते लेखन, पर्चा पोष्टर, कोण सभा गरेर भण्डाफोर गरेका छौं ।



सम्बन्धित
Loading...