महिला हिंसा रोक्न महिलालाई आर्थिक रुपमा सबल र सक्षम बनाउने पर्छः गौतम
अहिले नेपालमा महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । पछिल्लो समय नेपालमा महिला मैत्री कानुन आएसँग महिला हिंसाका घटनाहरु बाहिर आउने क्रम ह्वात्तै बढेको छ । त्यसो त नवलपुर जिल्ला पनि महिला हिंसा अत्यधिक हुने जिल्लाबाट पछुतो रहन सकेको छैन गएको आर्थिक बर्षमा मात्रै जिल्ला प्रहरी कार्यालय नवलपुरमा १७ जना बलात्कारमा परेको घटना दर्ता भएका छन् भने ५१ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । त्यसैगरी बहुविवाह, बालयौन दुव्र्यवहार, जबरजस्ती करणीका प्रयास, महिलाहरुले गर्ने आत्महत्या, महिलामाथि हुने यौन दुव्र्यवहार लगायतका घटनाहरु पनि उत्तिकै छन् ।
मिहिला अधिकारकर्मीहरुले महिला हिंसाका विरुद्ध आवाज उठाइरहे पनि महिला हिंसाका घटनाहरु झन झन बढेको देखिन्छ । यसैको पेरिफेरिमा रहेर जिल्ला महिला अधिकार मञ्च नवलपुरका अध्यक्ष कल्पना विन्दु गौतमसँग शोभा जि.सी.ले गरेको कुराकानीको सम्पादित अंश

महिला हिसांका घटना बढेको हो कि बाहिर आउने क्रम बढेको हो ?
महिला हिसांका घटना पनि बढेको हो । घटनाहरु पनि अहिले बढी बाहिर आउने क्रम पनि बढ्दै गएको हो ।
तपाई आफै पनि लामो समयदेखि महिला अधिकारका क्षेत्रमा काम गर्नु भएको छ, महिला हिंसाका कस्ता घटनाहरु बढी हुने गरेको देख्नुभएको छ ?
बलात्कार, हत्या सगँसगैँ महिला माथि हुने घरेलु हिसांका घटना पनि हुने गरेको छ । भित्री मधेशमा दाइजो कारणले श्रीमतीको हत्या गर्ने, श्रीमतीलाई घरका परिवारसँग मिलेर जिउँदै जलाउने जस्ता पनि घटना घटेको पनि हामीले सुनेका र देखेका पनि छौँ ।
महिला हिंसा विरुद्धका आवाजहरु बेला बेलामा उठ्ने गर्दछन्, र अहिले महिला हिंसा विरुद्धको १६ दिने अभियान पनि चलेको छ । अधिकारका पक्षमा यतिका आवाजहरु उठ्दा पनि महिला हिंसाका घटना घट्नुको सट्टा बढ्नुको कारण के हो ?
राजनितिक दलहरुको ढाकछोपका कारणले पनि महिला हिंसाका घटनाहरु बढ्दै गएको छ । आफ्नो पार्टी भित्रका कार्यकर्ताले गरेको घटनाहरु पार्टीका नेताहरुले लुकाउने, मिलाउने गर्छन् । आफ्नो दलको इज्जतको लागि भन्दै यस्ता घटनाहरु बाहिर नल्याउँदा अर्थात लुकाइदिने गर्दा पनि महिला हिंसाका घटनाहरु दिन प्रतिदिन घट्नुको सट्टा उल्टै बढ्दै छ ।
अहिले कानुन पनि महिला मैत्री आएको छ । महिलाहरु न्यायालय जा“दा सजिलै न्याय पाउन सक्ने अवस्था छ यस्तो अवस्थामा पनि राजनितिक दलको आडमा घटनाहरु लुकाउने अवस्था छ र ?
छ किन नहुने हो। राजनितिक दलका नेताहरु आउने वित्तिकै दर्ता गरिसकेका घटना पनि अर्थात दर्ता गरेको निवेदन फिर्ता गर्न बाध्य बनाईन्छ। हाम्रो नेपाली समाजमा बढी मात्रामा हिंसामा पर्ने भनेको आर्थिक स्थिति कमजोर भएका महिला तथा बालबालिका हुन्। आर्थिक अवस्था कमजोर भएका महिला तथा बालबालिकाका आफन्तलाई आर्थिक लोभ देखाएर तथा कतिपय ठाँउहरुमा पैसा लेनदेन गरेर पीडकलाई लुकाएर पनि घटनाहरु मिलाउने गर्दछन् । व्यक्ति प्रकाउ परेसगैँ आफ्ना पार्टीका मान्छेहरु गएर पीडितलाई धम्काउने आर्थिक प्रलोभन देखाउने गरेका पनि हुन्छन् । यस्ता घटनाहरु लुकाउन राजनितिक दलका व्यक्तिहरुको भूमिका सक्रिय रुपमा हुने गरेको पाइन्छ ।
राजनीतिक प्रभाव एउटा पाटो भयो अदालत, न्यायालय र प्रहरी सामु पुगी सके पछि न्याय नपाउने हुन्छ र ?
हामी जस्ता महिला अधिकारकर्मी निष्पक्ष रुपमा काम गर्ने महिला अधिकारकर्मी अहिलेको समयमा निकै कम मात्रमा हुनुहुन्छ, तर अहिलेको समयमा पैसा लिएर काम गर्ने र राजनितिक रुपमा काम गर्ने महिला अधिकारकर्मी भनाउँदाहरु पनि हुनुहुन्छ र उहाँहरुले आफूलाई बढी महिला अधिकारकर्मीको रुपमा परिभाषित गर्ने गर्दछ । महिलाका हक हितका लागि र महिलाको पीडा बुझरे काम गर्ने तथा निष्पक्ष रुपमा महिलाकर्मीहरु सहयोगमा गर्नु भएको घटनाहरु बाहिर पनि आएको छ र पीडकले सफल रुपमा न्याय पाउनु भएको पनि छ । निष्पक्ष रुपमा काम नगर्ने महिला अधिकारकर्मीको हातमा पीडित पक्ष पर्नु भएको छ, भने त्यस्ता घटनाहरु बाहिर नआउने गरेको र पीडितले न्याय नपाइ लेनदेनमा घटनाहरु मिलाउने गरेको अझै पनि पाइन्छ ।
त्यसो भए, अदालत पुगेर पनि न्याय नपाएका घटनाहरु धेरै छन् ?
छन्, किन नहुने हो । त्यस्ता घटनाहरु धेरै छन् ।
घर बाहिर हुने महिला हिंसाका घटनाहरु बाहेक घर भित्र हुने महिला हिसांका घटनाको अवस्था कस्तो छ ?
सबैभन्दा पहिला तँ महिला हिंसा घरबाट नै शुरु हुन्छ । नराम्रो आचरण रहेका केही महिलाले गर्दा समाजमा रहेका अरु महिलाहरु पनि बदनाम हुने गरेका छन् । फलनाको श्रीमती यसरी अरुसँग लागि, लोग्नेले कमाएको पैसा उडाई र तैले पनि त्यस्तै गर्छेस् भन्ने शंखा गर्ने, कुटपिट गर्ने, झगडा गर्ने, बाहिर हिड्न नदिने र अरुसँग बोल्न नदिने यस्ता हिंसा अहिलेको परिप्रेक्ष्यमा घटेका छन्। केही महिलाको कारणले गर्दा सम्रग निर्दाेष महिलाहरु यस्ता घटनाबाट प्रत्यक्ष रुपमा शिकार हुनु परेको छ । पहिला पुरुषले मात्र हिंसा गर्ने गरेको पाइन्थ्यो भने अहिले पुरुषहरु पनि पीडित हुनुहुन्छ। तसर्थ पनि अहिले महिला तथा बालबालिकाहरु बढी रुपमा घर सँगसँगै समाजबाट पनि पीडित छन्।
महिला माथि घरेलु हिंसाको कुरा गर्दा, महिलाबाट नै महिला पीडित हो भन्ने कुरा आउ“छ , यो त्यस्तै हो कि अलि फरक हो ?
महिलाबाट नै महिला हिंसा हुन्छ । तर पनि मुल कारण भनेको चाँहि पुरुष हुन्। पुरुषहरुले पहिल्यैदेखि चलाएको जुन पितृसत्ता छ यस कुराले पारेको महिला माथिको प्रभाव, असर र महिलाहरुको मानसिकता परिर्वतन हुन नसक्दा पनि महिलाले महिला माथिले नैं हिंसा गर्दै आएको पाइन्छ । समाजिक, आर्थिक, सांस्कृतिक रुपमा पनि यसको मुल जरा चाँहि हामीले पुरुषहरुलाई मान्छौँ ।
सम्रगमा भन्नु पर्दा, कानुन पनि महिला मैंत्रीनै आएको छ । महिला हिंसाका घटनाहरु लुकाएर राख्नुको सट्टा बाहिर ल्याउने क्रम पनि बढेकै छ, तथापि महिला हिसांको घटनाहरु कमी नहुनुको कारण चाँहि के होला ?
महिलाहरु आफै पनि सचेत नहनु चाहिँ यसको प्रमुख कारण हो । पीडित महिलाहरुले आफ्नो इज्जतको डरले आफ्नो कुरा भन्न डराउनु, पीडित पक्षले समाजले के भन्छ, भोलि यही समाजमा बाँच्न पर्छ भनेर पनि भित्र भित्रै आफ्नो पीडा तथा आफूमाथि भएका अभद्र व्यवहारहरु सहँदै आउनु, बाहिर ल्याउन नसक्नु वा नचाहनु जस्ता प्रवृत्तिले पनि यस्ता घटनाहरु घर तथा समाज भित्रै पनि लुकेर बसेको पाहिन्छ।
के भयो भने महिला हिसांको घटनामा कमी आउला ?
सबैभन्दा पहिला तँ महिलाहरुलाई आर्थिक पक्षमा सबल गराउनु पदर्छ । राज्य पक्षद्वारा नै महिलाहरुलाई कसरी आर्थिक रुपमा सबल र सक्षम बनाउने भनेर एजेण्डा नै बनाएर अगाडि ल्याउनु पर्दछ। महिला हिसांका घटनालाई लुकाउन भन्दा पनि उसगैँ साथी भएर त्यस्ता घटनालाई बाहिर ल्याउन, पीडितलाई न्याय र पीडकलाई सजायको भागेदार बनाउनका लागि सहयोग गर्नुपर्छ । पीडित महिला तथा बालबालिकालाई समाजले होच्चाउनुको सट्टा उसको दैनिक जीवनयापनमा सहयोग गर्ने र प्रेरणा दिने काम गर्नुपर्छ । महिलाहरुलाई घरको चुला चौकामा मात्र सीमित नगरी समाज तथा समाजिक हकहितका कार्यहरुमा सहभागितामुलक ढंगले सहभागी गराउने, महिलाहरुलाई दाइजो प्रथाको सट्टा जीवन उपयोगी शिक्षा दिने, दाइजो दिने र लिने पक्षलाई समाज सँगँ सरकारले बहिष्कार गरेदेखि महिला हिसांहरुको घटनाहरुमा कमी आउँदै जाने थियो।