मानव बेचविखन सञ्जाल सक्रिय


  • पत्रपत्रिका / गाेरखापत्रबाट –

 



प्रहरी र उद्धारकर्ता झुक्याउँदै मावन बेचविखन गर्ने सञ्जाल पुनः सक्रिय बनेको छ । मानव बेचविखन तथा ओसारपसार गर्ने संगठित सञ्जालले नयाँ रुट अपनाउन थालेका छन् ।

उनीहरूले नेपाली महिला र पुरुष विदेशी भूमिमा लैजान थालेका छन् । विगतमा नेपाली महिला धेरैजसो बेचिने गर्थे । सरकार र गैरसरकारी संस्थाको क्षेत्रबाट कडाइ हुन थालेपछि भारतमा बेचिने क्रम घट्यो ।




गएको शुक्रबार इन्डोनेसियाबाट पाँच जनाको उद्धार गरिएको छ । त्यही क्षेत्रबाट एक महिनाअघि एक महिलासहित ६ जनाको उद्धार नेपाल प्रहरीसहितको टोलीले गर्यो । त्यस्तै तीन जना महिलालाई बिहे गरेर यौनदासी बनाउन चीन लैजाँदै गर्दा फर्काइएको छ ।

पछिल्लो समय चीनमा नेपाली महिला यौनदासीका रुपमा लैजाने क्रम बढेको सूचना प्रहरीकहाँ आइपुगेको छ । बिहे गरेर लगेपछि कतिपय यौनदासीका रुपमा राख्ने, बच्चा जन्मेपछि नेपाली महिलालाई चीनमै अर्कोसँग बिहे गराइदिने, पाइएको मानव बेचविखन अनुसन्धान व्युरोका प्रवक्ता गोविन्द थपलियाले जानकारी दिए ।



सम्बन्धित
Loading...