बालबालिकालाई न्यानो कपडा वितरण
नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउपालिकामा विहीबार समाजसेवी केशव थापाले बालबालिकालाई न्यानो कपडा (स्वीटर) वितरण गरेका छन् ।
बुवा गोपीराम थापा र छोरी आईरुना थापाको स्मृतिमा न्यायो अभियान अन्तर्गत पोशाक वितरण गरिएको थापाले बताए ।
शान्ति प्राथमिक विद्यालय हुप्सेकोट गाउपालिका ६ पिपलडाँडामा ४३ थान र पोखरीदेवी बाल विकास केन्द्र साडाँ भञ्याङमा २५ थान जाडोमा लगाउने स्वीटर वितरण गरिएको हो । हङ्कङमा रहेका समाजसेवी केशव थापाको सहयोगमा हुप्सेकोट ३ बेलहानीका समाजसेवी मदन थापा र उत्तम अस्लामी मार्फत् न्यानो कपडा वितरण गरिएको हो ।
शान्ति प्राथमिक विद्यालय पिपलडाँडाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पतिराम सोमैको सभापतित्व एवं् समाजसेवी मदन थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा वडानम्बर ६ का वडाध्यक्ष छाम बहादुर सोमै, वडासदस्य नन्द बहादुर सोमैको उपस्थिति रहेको थियो
समाजसेवी मदन थापाले यसअघि हुप्सेकोट ५ रुद्रपुर धौवादी, राम्चे र हुप्सेकोट ४ कुटेमा करिब २ सय थान जाडोका न्यानो कपडा वितरण गरेका थिए ।