विकास र सचेतनालाई सँगसँगै अगाडि लगेका छौंः नगरप्रमुख राना
मध्यविन्दु नगरपालिका पूर्वपश्चिम राजमार्गको हिसावले देशकै मध्यभागमा रहेको नगरपालिका हो । यो नगरपालिकाको पूर्वपश्चिम राजमार्गको मध्यविन्दु नामबाटै राखिएको छ । यो नगरपालिका नवलपुर जिल्लाको जनसंख्याको हिसावले सानो नगरपालिका भएपनि धार्मिक, आर्थिक र पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्र मानिने नगरपालिका हो । खास गरेर जनजातिको बाहुल्यता रहेको यस नगरपालिकामा नगरप्रमुख पनि जनजाति नै छन् । मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर राना नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् । प्रमुख चन्द्रबहादुर रानासँग मध्यविन्दु नगरपालिकाको विकास, समृद्धि, नगरको आत्मनिर्भरता लगायतका विषयमा केन्द्रित रहेर पार्वती पाण्डेले गर्नुभएको कुराकानीको संपादित अंश ……………………………..
तपाईको आफ्नो पछिल्लो दुई बर्षको कार्यकाललाई कसरी फर्केर हेर्नुहुन्छ ?
ऐतिहासिक परिर्वतन पछि एउटा नयाँ संरचना अनुसार निर्वाचन भएको छ । यसले मुलकलाई नयाँ किसिकको मार्ग निर्देश गरिसकेको छ । र हामी त्यही नयाँ परिस्थिति र नयाँ समस्याहरुलाई चुनौती दिदै अगाडि बढिरहेका छौँ । र अहिले हिजोको दिनहरुमा भन्दा कामहरु पनि राम्रै भइरहेको छन् । राम्रै छ ।
दुई बर्षको अवधिमा तपाईले गर्नुभएको उपलब्धीमूलक कामहरु के के हुन् ?
हामी शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा, पूर्वाधारको क्षेत्रमा (सडक, बिद्युत, यातायात, खानेपानी, पुल, कल्भर्टहरु) विकास भएका छन् । कृषि क्षेत्रको पनि केही निश्चित भूभागहरुलाई छनौट गरेर विशेष खाले योजनाहरु अगाडि बढिरहेका छौँ।
चालु आर्थिक बर्षमा कस्ता कस्ता योजनालाई प्रथामिकता दिइएको छ ?
अब यो चालु बर्षलाई धेरै क्षेत्रमा विभाजन गरिएको छ, जसमध्ये मुख्य गरी हामीले मध्यबिन्दु नगरपालिकाको एउटा मध्यबिन्दु स्तम्भ निर्माण गर्ने योजनामा राखेका छौँ जुन मध्यबिन्दु नगरपालिका ५१२ कि.मि पूर्व र ५१२ कि.मि पश्चिम छ र यसलाई सेन्टर मानेर स्तम्भ निर्माण गर्ने योजना अगाडि बढाइरहेका छौँ । त्यसको एउटा संरचनाको डिपिआर तयार भइसकेको छ । अहिले चाहिँ त्यो बनाउने ठाउँमा वनले अनुमति नदिएको हँुनाले हामीलाई पनि लालपूर्जा चाहिएको, कुनै त्यहाँ उपभोग गर्ने प्रमाण चाहिएको होइन मात्र एउटा त्यहाँको वनपैदावारलाई नष्ट नगर्ने गरी एउटा स्तम्भ बनाउने कार्यक्रम छ त्यसलाई हामी अगाडि बढाइरहेकम छौँ । अनि अहिले हाम्रो खासगरी चाहिँ हाम्रो उत्तरतर्फ दुईवटा साबिकका गाविसहरु छन् त्यहाँको अत्यन्त पूर्वाधारको हिसाबले निकै कम्जोर छ, चेतनाको हिसाबले, आर्थिक हिसाबले पनि निकै कम्जोर भएको हुनाले त्यहाँको जनजीवनको लागि कमसेकम एक पेट खाने र महिलाहरुको लागि महिलाहरुलाई पनि अलि सक्रिय बनाउने र महिलाहरुलाई पनि अलि अलि आयआर्जनको तिर लगाउने भनेर हामीले एउटा मध्यविन्दु इकोभेज भन्ने एउटा धारण तयार गरेका छौँ । त्यसको पनि तयारी भईरहेको छ । हामीले त्यसैगरी मध्यबिन्दु पार्क बनाउने भन्ने कुरा पनि आइरहेको छ । त्यसै किसिमबाट मध्यबिन्दु चक्रपथको डि.पि.आर तयार भईरहेको छ । र हाम्रो समस्या अर्र्काे के हो भन्दा नारायणी नदी कटान गर्ने त्यहाँबाट विस्थापित गरेका हाम्रा जनसमुदायहरु धेरै हुनुहुन्छ तिनीहरुको व्यवस्थापन गर्नुपर्ने र हाम्रो यो नगरपालिकामा धेरै सुकुम्बासी र अव्यवस्थित बसोबास रहेको हुनाले तिनीहरुको पनि व्यवस्थापन गर्ने क्रममा यथार्थ डाटा संङकलन गर्ने कार्य पनि भईरहेको छौँ । हामीले कृषि क्षेत्रमा जस्तै कि दुग्ध उत्पादन, केरा उत्पादन, तरकारी उत्पादन, अण्डा उत्पादन, बाख्रा पालन, बंगुर पालन, पशुपालन, आदिलाई अगाडि बढाउन पनि लगानी गरिराखेका छौँ । अहिले हामीले महिलाहरुलाई सशक्तिकरण गर्नाको लागि महिला शाखादेखि पनि धेरै कामहरु भैराखेका छन् र पनि अहिले हामीले उपप्रमुख चेली बचाउँ र पढाउँ भन्ने एउटा कार्यक्रम अगाडि बढाएका छौं ।सबै स्वास्थ्य चौकीहरुलाई सबल, सक्षम र नागरिकलाई सेवा प्रवाह गर्नको लागि भनेर उहाँहरुलाई हामीले सञ्चालन खर्च दिएका छौं । हामी कहाँ तीनओटा हाम्रो बर्थि· सेन्टर छ त्यो बर्थि· सेन्टरमा जुन सुत्केरीलाई कुर्न आउने सहयोगीहरुलाई बस्ने ठाउँ छैन र यो आर्थिक बर्षमा बर्थि· सेन्टरमा सुत्केरीलाई कुर्न आउनेहरुलाई बस्ने ठाउँ बनाउने टेन्डर भैसक्या छ र औषधिको ब्यवस्थाहरुको पनि टेन्डर भैसकेको छ । स्वंयम सेवीहरुलाई अझ स्वास्थ्यप्रति र महिलाहरुको स्वास्थ्य सेवामा अझ सशक्त र सुलभ बनाउनको लागि उहाँहरुलाई इनसेम्टि·को ब्यवस्था गरेका छौँ । हिजोको साविक गा.बि.स.हरु जुन मध्यबिन्दु नगरपालिकामा गाभिएका दुईटा स्वास्थ्य चौकी द्वरिकाको स्वास्थ्य चौकी र भेडावारीको स्वास्थ्य चौकी अलि पिकट रहेको छ, जसका कारण स्वास्थ्यकर्मीहरुले त्यहाँ जान नमान्ने हुनाले अव त्यहाँ के गर्दा उनीहरु जन मान्छन् त्यसको व्यवस्था गर्न सोचाई रहेको छ । शिक्षाको क्षेत्रमा भन्नुपर्दा धेरै कामहरु भैरहेको छन् र शिक्षा समितिले हिजोको दिनमा सबै विद्यालयमा शुद्घ खानेपानी उपलब्ध गराउने भनेर हामीले उपलब्ध गरायौं र प्रत्येक विद्यालयमा खाजा कार्यक्रम पनि गरियो । अहिले फूलबारी कार्यक्रम, बालशिक्षा पढाउने भनेर अहिले एक एक लाखको ब्यवस्था गरेका छौँ र अझ हाम्रो योजना प्रत्येक वडामा एउता नमुना विद्यालय बनाउने र माध्यमिक बिद्यालयहरुलाई गाडी किन्ने अनुदान दिने पनि हाम्रो लक्ष्य रहेको छ ।
तपाई पनि जनजाति, यो नगरपालिका पनि जनजातिको बाहुल्यता रहेको क्षेत्र जनजातिलाई लक्षित कस्ता योजनाहरुलाई अगाडि लैजानु भएको छ ?
आदिवासी जनजातिका कुरा गर्दा खेरी नेपाल अधिराज्यभरीका सम्पूर्ण जनजातिहरु यहाँ रहेका छन् जस्तै सिमान्तकित भन्नु, अल्पसंख्यक भन्नु, राई, कुमाल, मगर, गुरुङ, दराई, थारु भन्नु सबै जातजातिको यहाँ हुनुह्न्छ र मैले चुनाब जितेर आईसक्केपछि जनजातिहरुको एउटा संङग्रालय बनाउने भनेर त्यो शुरवात गर्यौं र अहिले प्रसौनीमा त्यो संङग्रालय निर्माण सम्पन्न भएको छ र अहिले त्यो संङग्रालयमा सबै जातजातिको बैठक बस्न मिल्ने, संस्कृति झल्काउने तयार भएको छ । हामीले आदिवासी जनजातिहरुको संस्कार, परम्परा जोगाउनको लागि नगरस्तरीय कार्यक्रम राख्ने पुस्कार दिने र जस्तै मगरहरुको कार्यक्रममा महिलाहरुलाई मगर पोशाक वितरण गर्ने, थारुहरु जातिको जितिया पर्व मनाउनको लागि मन्दिर थिएन तर हामीले प्रत्येक थारु प्रभावित वडामा मन्दिर निर्माणको क्रमशः अगाडि बढीरहेको छ । सबैको संस्कृति जोगाउने कामहरु भैरहेको छ ।
त्यतिले मात्र जनजातिको उत्थान हुन्छ र ?
होइन अब शिक्षा, स्वास्थ्यको क्षेत्रमा जनजाति हुनुहुन्छ उहाँहरुको स्वास्थ्य र शिक्षालाई प्रथामिकता दिने र स्थानीय तहसित भएको स्रोत र साधनले उहाँहरुलाई के सहयोग गर्न पर्दछ त्यो कुराहरु हामीले विशेष कोषबाट गर्ने गरेका छौँ ।
स्थानीय तहले बजेट जति बाटो घाटो र पूर्वाधार निर्माणमा मात्र खर्च गर्ने गरेको सुनिन्छ, यहा के छ ?
स्थानीय तहमा भौतिक पूर्वाधारमा जनताहरु बढी आर्कषित भएका छन् कारण के छ भनि हिजोका दिनहरुमा सानातिना कामहरु पनि भएका थिएनन् जस्तै कि विद्युत, खानेपानी थिएन, सामान्य कल्भर्ट पनि निर्माण हुन सकेको थिएन, बच्चाहरु हिड्ने बाटोघाटो निर्माण भएको थिएन त्यसैले अहिले माग्नु स्वभाविक हो र पूर्वाधारको काम मात्र धेरै भएको छ र हाम्रो बजेटको जुन सिलिङहरु छ त्यो किसिमबाट आएको हुन्छ त्यसो हुनाले हामीले त्यहाँ पनि खर्च गर्नपर्ने हुन्छ तर सफ्टवयरको पाटो अहिले केही पछाडि परेको हो । तर, खासगरी सफ्टवयरका पाटामा पनि हामी अगाडि बढिरहेका छौ । जनचेतना, महिलासशक्तिकरण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि हामीले प्राथमिकता दिएका छौं । मुलतः पूर्वाधारकै क्षेत्रमा बढी खर्च भएको छ तथापि हामी सफ्टवयरका पाटामा पनि अगाडि नै छौं ।
स्थानीय तह आफैमा आत्मनिर्भर हुनु पर्छ भन्ने छ, मध्यबिन्दु नगरपालिका आत्मनिर्भर बन्ने आधार के के छन् ?
कुनै पनि मान्छे, व्यक्ति जबसम्म आफ्नो खुट्टामा आफै उभिन सक्दैन तबसम्म उ स्वाभीमानी बन्न सक्दैन । खुशी र सुखी भएर बाँच्न सक्दैन । त्यसो हुनाले हाम्रा जति पनि स्थानीय तहहरु छन् तिनीहरु आर्थिक रुपमा सक्षम हुनु पर्छ भन्ने मेरो पनि मान्यता हो । हाम्रो नगरपालिका एकातिर हेर्दा एकदमै आर्थिक रुपले गरिब छ र बसाइसराईका हिसाबले गरिब जनताहरु बहिर पहाडबाट जिउ पाल्न भनेर आउने, यहाँका अलि पैसा कमाएका धनि व्यक्तिहरु बहिर जाने अबस्था रहेको छ । तर, यसको सम्भावना के छ भने हाम्रो यो जङगल जङगलैले घेरिएको हाम्रो नगरपालिका र यहाँ लगभग १ अर्बको काठ विक्री हुन्छ, हाम्रा सम्पति दुई वटा खोला छन् ति करोडौँको पैसा आउँछ जस्का कारण हामी गरिब छैनौँ यि सबैलाई व्यवस्थित कसरी गर्ने ? र स्थानीय सरकारको अधिनमा छ कि छैन ? ल्याउने कि नल्याउने ? र यसको सही मानेमा खर्च गर्ने कि नगर्ने ? भन्ने पाटाहरु छन् यस कारण यसको भविश्य अन्यन्तै राम्रो छ । र त्यो आधारभूत कुराहरु कसरी हुन्छ भन्ने कुरामा यो नगरपालिका लडिरहेको छ बिशेष गरी म नगरप्रमुखको हैसियतले यो नगरपालिका स्वायत्त तरिकाले चलोस् कमसेकम यसका अफिसहरु र तिनका कर्मचारीहरु र सामान्य खर्चहरु यही नगरपलिकादेखि बाटनै थामियोस् भन्ने पक्षमा हामी रहेका छौँ । र त्यही अनुसार पूर्वाधारहरु तयार भएका छन् ।
खोलानालाको सदुपयोग त भएको छैन रे ठेक्का पट्टामै गडबढ हुने गरेको कुरा बाहिर आउन थालेको छ, के हो खास ?
वास्तवमा यसको नियन्त्रण, संरक्षण, सम्र्वद्घन र यसको उपयोग सम्बन्धी जुन ऐन, कानुन र व्यवस्था छ ति वास्तवमा स्पष्ट छैन र अहिले स्थानीय सरकार अथवा सरकारभन्दा पनि यसमा काम गर्ने व्यवसायीहरु अगाडि छन् । उहाँहरुकै प्रभाव परिरहेको छ । हिजोका दिनहरुमा कुनै मान्छेले सम्पति एक करोड त्यतिकै पाइरहेको थियो, उपभोग गरिरहेको थियो भने अब त्यसलाई १० प्रतिशतमा लैजाँदाखेरी स्वभावैले १० लाख तिर्नपर्ने भो, स्वभावैले त्यतिकै पाइरहेको सम्पति अहिले १० लाख तिर्न पर्ने भो भन्ने त्यो मान्नेता हो । त्यसैले कहि न कहि चुकेको अवस्था हो तर मध्यबिन्दु नगरपालिकाले चाहि नियमन गरेको छ, चोरी निकासीलाई नियमन गरेको छ, ठेक्कापट्टालाई व्यवस्थित गरेको छ । सायद हाम्रो यो नमुना जस्तै लाग्छ र आम्दानी पनि भईरहेको छ र व्यवस्थापन पनि भईरहेको छ । सामान्य गुनासोहरु आईरहन्छन् ।
तपाईको पाँच बर्षको कार्यकाल सकिदाँसम्म यहाँका जनताले मेयर चन्द्रबहादुर रानाले यो गर्यो भनेर प्रशंशा गर्न योग्य काम के के होला ?
प्रशंशायोग्य काम भन्दा नि मेरो पहिलो काम हाम्रा दिदीबहिनीहरु जो अशिक्षित, जो चेतनामा कम हुनुन्छ उहाँहरु आफ्ना छोरा छोरीलाई स्कुल पठाउँदा आफ्नो बच्चाले खाजा माग्दाखेरी दश रुपैयाँ दाम दिन नसक्ने अवस्था छ र आफ्नो बचालाई जोरो आउँदा खेरी एउटा सिटामोल दिन नसिक्दाको त्यो अवस्थाबाट मुक्त गराउनको लागि बिभिन्न सहकारी मार्फत र बिभिन्न कार्यक्रमको मार्फत, सशक्तिकरणको कार्यक्रम मार्फत आफ्नो बच्चालाई सामान्ने उपचार र खाजा खर्च पुर्याउने महिला बनाउने, अर्को निजी विद्यालयमा गएर धेरै पैसा तिर्नुपर्ने अवस्था छ त्यसलाई हटाउने, हाम्रा सामुदायिक विद्यालयहरुलाई सबल र सक्षम बनाउने, स्वास्थ्य सेवालाई प्रभावकारी बनाएर महिलाहरुको सुत्केरी हुनु पर्दाका पीडाहरु छ त्यो समाधान नभएर धेरै पैसाहरु खर्च गर्ने कुराहरु छ त्यसलाई व्यवस्थित गर्ने र गरिबहरुलाई पनि सामान्य औषधि किन्न नपर्ने बनाउने छ । त्यसैगरी प्रकृति स्रोतहरुलाई सही सदुप्रयोग गरेर यो नगरलाई सक्षम र आत्मनिर्भर बनाउने, कृषि क्षेत्रमा कृषिजन्य जस्तै दुध, अण्डा, मासु र तरकारीमा आत्मनिर्भर बनाउने बाहिरबाट आयाता गर्न नपर्ने गराउने, अन्य हाम्रा सहकारीलाई अझै तिन खम्बे निति छ नेपाल सरकारको त्यसलाई आर्थिक रुपले सक्षम बनाउने, हाम्रो नारायणी किनारमा हाम्रा रिसोर्टहरु छन् त्यसलाई व्यवस्थित गर्दै लैजाने जसले रोजगारको पनि सिर्जना होस् । पहाडमा रहेका दुई वटा मगरवस्ती छन्, मान्छेहरु अशिक्षित र गरिब छन् त्यो गरिब उन्मुलन गर्न त्यहाँ ति क्षेत्रमा रिसोर्टहरु र भ्यूँ टावरहरुको निर्माण गर्ने, पर्यटनहरुलाई आर्कषित गर्ने, सबै ठाउँ र सबै गाउँहरुमा शुद्घ र सफा खानेपानीको ब्यवस्था गर्ने, र हामीले १५ वटै वडामा मेयर नमुना बाटोहरु निर्माण गर्ने योजना बनाएका छौँ ।