एनसेलले साढे ४ अर्ब कर तिर्यो
एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पुँजीगत लाभकर तिरेको छ ।
लामोसमयदेखि कर तिर्न आलटाल गरेको दुरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पुँजीगत लाभकरका रुपमा तिरेको हो ।
ठूला करदाता कार्यालयले एनसेलको सेयर स्वामित्व खरिद–बिक्रीवापत २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ लाभकर निर्धारण गरेको थियो ।
सर्वोच्च अदालतको आदेशअनुसार ठूला करदाता कार्यालयले १५ दिनभित्र निर्धा्रित लाभकर तिर्न गत २२ मंसिरमा एनसेललाई पत्राचार गरेको थियो ।