बर्दघाटमा विद्यार्थीलाई न्यानो कपडा वितरण




बर्दघाट नगरपालिका र उद्योग बाणिज्य संघ बर्दघाटको सहयोगमा सोमबार बर्दघाट ८ भानुनगरको भानु आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
विद्यालयका प्रावि तहका ५० जना विद्यार्थीहरुलाई उनीको स्वीटर, टोपी र मोजा वितरण गरिएकोमा उद्योग बाणिज्य संघले १० जना र बर्दघाट नगरपालिकाले ४० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको संघका सदस्य ईन्द्रजित चौधरीले जानकारी दिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम बहादर थापाको अध्यक्षमा भएको न्यानो कपडा वितरण कार्यक्रममा ं बर्दघाट वडा नम्बर ८ का वडाध्यक्ष कविराज आचार्य, बर्दघाट उद्योग बाणिज्य संघ बर्दघाटका उपाध्यक्ष लेखनाथ पौडेल, वडा सदस्य कृष्ण शाही, उद्योग बाणिज्य संघ बर्दघाटका सदस्य हेमलाल न्यौपाने, भरत कण्डेल, गंगा पाठक, विद्यालय ब्यवस्थापन समितिकी सदस्य गायत्री गिरी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक मानसिहँ परियारले गरेका थिए ।
बर्दघाट नगरपालिकाको विपत ब्यवस्थापन समितिको निर्णय अनुसार नगर भित्रका ३३ सामुदायिक विद्यालय र २ मदरसा गरी ३५ वटा सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम अनुसार न्यानो कपडा वितरण गरिएको हो ।



सम्बन्धित
Loading...