प्रेस संगठन नेपाल गण्डकी प्रदेश कमिटिकाे सपथ ग्रहण




प्रेस चाैतारी नेपाल र प्रेस सेन्टर नेपालकाे एकतापछि बनेकाे संगठन प्रेस संगठन नेपाल, गण्डकी प्रदेशकाे शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम आज पाेखरामा सम्पन्न भएकाे छ ।

८१ सदस्सीय प्रदेश कमिटिलाई पत्रकार महासंघ, गण्डकी प्रदेशकाे सभाहलमा प्रेस संगठनका केन्द्रीय अध्यक्ष महेश्वर दाहालले सपथ खुवाएका थिए । कार्यक्रमका प्रमुख अतिथि नारायणकाजी श्रेष्ठले पत्रकारहरूले सत्यतथ्यकाे आधारमा कलम चलाउनु पर्ने बताएका छन् । कुनै पनि वस्तुकाे गहिराे अध्ययन गर्न नसक्ने व्यक्ति पत्रकार हुन नसक्ने बताएका छन् ।



कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) गण्डकी प्रदेश ईन्चार्ज तथा गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुव्वा गुरूङ्ग, संघीय भूमिसुधारमन्त्री पद्मा अर्याल, प्रधानमन्त्रीका प्रेस सल्लाहाकार तथा नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापा, प्रेस संगठनका केन्द्रीय संयाेजक महेश्वर दाहाल, प्रेस संगठनका सहसंयाेजक गणेश बस्नेत लगायतले प्रशिक्षण मन्तव्य राखेका थिए ।



सम्बन्धित
Loading...