होमवर्क नगरेको भन्दै शिक्षकले कुट्दा विद्यार्थीको हात भाँचियो
मिर्चैयास्थित स्वस्तिक पाठशालामा कक्षा ६ मा अध्ययनरत विद्यार्थी रितिक यादवको होमवर्क नगरेको भन्दै शिक्षकले कुटपिट गर्दा हात भाँचिएको छ । नेपाली विषयको गृहकार्य नगरेको भन्दै शिक्षक तारा कार्कीले हात भाँचिने गरी कुटपिट गरेको परिवारजनले जानकारी दिएका छन् ।
उनको हातमा ब्यान्डेज गरिएको छ । रितिक ६ वर्षदेखि स्वस्तिक पाठशालामा छात्रवासमा बसेर पढ्दै आएको उनको काका देवकुमार यादवले बताए । बालबालिकालाई होमवर्क नगरेको भन्दै कुटपिट गर्नु अपराध भएको उनको भनाइ छ ।