स्थानीय तहमा बढ्दो भ्रष्टाचार

नेपालमा लामो राजनैतिक संघर्ष पछि ल्याईएको संघीयता र संघीयताले ल्याएको स्थानीय तहको सरकार बनेको थोरै मात्र समय वित्न नभ्याउँदै स्थानीय सिंहदरबारहरुमा भ्रष्टाचार बढ्न थालेको छ ।
नेपालमा संघीयता नै नचाईने भन्दै एउटा पक्षले संघीयताको निरन्तर विरोध गरिरहेको आवस्थामा स्थानीय निर्वाचनबाट स्थानीय जनप्रतिनिधीहरु निर्वाचित भएर एक मात्र कार्यकाल पुरा गर्न नभ्याउँदै स्थानीय सिंहदरबारमा विभिन्न समयमा भ्रष्टाचारका समाचारहरु आउन थालेका छन्।पछिल्लो समयमा पश्चिमका एक जनप्रतिनिधीले स्थानीय उपभोक्ता समितिका अध्यक्षसंग नगद घुस लिँदालिँदै अख्तियारले समातेका घटना पनि स्थानीय तहमा भएका भ्रष्टाचारको ताजा उदाहरण हो ।
स्थानीय तहहरुमा विभिन्न प्रकारका तरिका प्रयोग गरि प्रतिनिधीहरु एवं कर्मचारी तन्त्रले नै प्रत्यक्ष रुपमा सहभागी भएका घटनाहरु देखा परेका छन । कतिपय स्थानमा सडक निर्माण एवं अन्य विकासका कामहरुमा पालिकाका ईन्जीनियरहरुले नै उपभोक्ताहरुलाई उपभोक्ताहरुले लिएको विकासका कामहरु ठेकेदार मार्फत काम गराउन भन्दै दवाव दिने सम्मका घटनाहरु बाहिर आएका छन् । यसरी हेर्दा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीहरु एवं स्थानिय कर्मचारीहरु कतिपय स्थानमा तै चुप मैचुप को अवश्थाले पनि स्थानीय तहमा भ्रष्टाचारको समस्या जटिल बन्दै गएको त हेईन प्रश्न खडा भएको छ।