बैठक छाड्ने सांसदलाई दैनिक २ लाख बढी भत्ता !




काठमाडौं । सांसदहरु हाजिर गर्दै बाहिरिँदा गणपुरक संख्या नपुगेर प्रतिनिधिसभा बैठक संचालनमै कठिनाइ भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक संख्यामा सांसद नहुँदा पछिल्लो साता मात्रै चारवटा बैठक स्थगन गरेका छन् ।




संसद सचिवालयको अभिलेखमा भने गत १३ गतेदेखि १९ गतेसम्म संचालन भएका चार बैठकमा एक सय ४४ देखि एक सय ८१ जनासम्मको हाजिरी देखिन्छ ।

प्रतिनिधिसभामा २ सय ७५ सांसद छन् । गणपुरक संख्याका लागि एक चौथाइ, अर्थात ६९ जनाको उपस्थिति चाहिन्छ ।

सांसदले प्रतिब्यक्ति दैनिक दुई हजार भत्ता पाउँछन । सचिवालयका अनुसार गत १३ गते एक सय ८१ सांसदले हाजिर गरेका छन् ।

तर त्यसदिन बैठकमा गणपुरक संख्या यकिन गर्न घन्टी बजाउँदा ५८ जना सांसद मात्र उपस्थित थिए । अर्थात हाजिर गरेर १ सय २३ जना सांसदले बैठक छाडेका थिए ।

यस हिसाबमा त्यस दिन बैठकमा अनुपस्थित ति सांसदलाई दुई लाख ४६ हजार भत्ता दिनुपर्नेछ ।  कान्तिपुर दैनिकबाट



सम्बन्धित
Loading...