हुप्सेकाेट गाउँपालिकाका अध्यक्षकाे निर्देशनमा पत्रकार कुट्नेमाथि कारवाहीकाे माग




पूर्वी नवलपरासीकाे हुप्सेकाेट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेकाे निर्देशनमा पत्रकार कुट्नेमाथि कारवाहीकाे माग गरिएकाे छ । 

आज हुप्सेकाेट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले प्रमुख प्रशाशकीय अधिकृत ज्ञानप्रसाद पनेरूलाई दुर्व्यवहार गरेर कार्यकक्षबाट निकाल्दै गरेकाे भिडियाे खिचेकाे बेला कावासाेतीका पत्रकार अर्जुन सापकाेटामाथि कुटपिट र दुर्व्यवहार भएकाे हाे ।




सापकाेटाले आफूमाथि कुटपिट हुनुका साथै भिडियाे खिच्दै गरेरकाे माेबाईल खाेसेर भिडियाे डिलेट गरिदिएकाे बताए ।

गाउँपालिकाकी उपाध्यक्षले बोलाएको पत्रकार सम्मेलनमा गएका पत्रकारले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई अध्यक्ष लक्ष्मी पाण्डेले अवशब्द बोली कार्यालयबाट निकाल्दै गरेको दृश्य खिचेको भन्दै पत्रकार अर्जुन सापकोटालाई दुव्र्यवहार गरी सापकोटाको मोबाइल खोसी अध्यक्ष लक्ष्मी पाण्डेका छोरा समेत रहेका स्वकीय सचिव रसिक लामिछानेले मोबाइलका सबै सामग्री नष्ट गरिदिएको घटनाका प्रत्यक्षदर्शी अर्का पत्रकार ज्ञानु पंगेनीले बताइन्।

अध्यक्ष पाण्डेकै निर्देशनमा घटना घटाइएको पीडित पत्रकार सापकोटाको दावी छ।

कुटपिटबाट चोटपटक नलागे पनि आफूमाथि दुई पटक छातीमा हातले पिटेको पत्रकार सापकोटाले बताए। पत्रकार सापकोटाले आफूमाथि दुव्र्यहार र कुटपिट भएको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुरमा गएर एसपी दिपक रेग्मीलाई भेटेर कारवाहीका लागि निवेदन समेत दिएका छन्।  यसैबीच प्रेस संगठन नवलपुरले मगलबार एक विज्ञप्ति जारी गर्दै घटनाको भत्सना गरेको छ।
विज्ञप्तिमा दोषीलाई कारवाहीको माग गरिएको छ।



सम्बन्धित
Loading...