कोरोना भाइरसविरुद्ध खोपको पहिलो मानव परीक्षण अमेरिकामा सुरू


विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (काेभिड- १९) ले जनमानसमा त्रास फैलाइरहँदा अमेरिकामा भने यसविरूद्धकाे खोपकाे परीक्षण गरिएकाे छ । अमेरिकी अनुसन्धानकर्ताहरूले सोमबार कोरोना भाइरसविरुद्धको पहिलो खोप परीक्षण गरेका हुन् ।



सियाटलस्थित काइजर पर्मानेन्टे वासिङटन रिसर्च इन्स्टियूटका अनुसन्धानकर्ताहरूले चार स्वस्थ्य स्वयमसेवीलाई पहिलो भ्याक्सिन लगाइदिदैँ यसको परिक्षण सुरू गरेका हुन् । यो खोपले काम गर्छ कि गर्दैन भनेर थाहा पाउन अझै केही महिना लाग्ने विज्ञहरुले बताएका छन् ।




कोरोनाविरुद्धको खोप लिने पहिलो व्यक्ति दुई सन्तानकी ४३ वर्षीया महिला रहेकी छिन् । ‘यो मेरा लागि केही गर्न उत्साहजनक अवसर हो’, जेनिफर हालेरले समाचार संस्था एपीसँग भनिन् ।

त्यसपछि अन्य तीन जनालाई यसको खोप लगाइएको थियो । वैज्ञानिकहरूले ४५ स्वयंसेवीहरूलाई एकमहिनाको अवधिमा दुई पटक खोप दिनेछन्।

सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा पहिलाेपटक मानवमा परीक्षण हुन लागेको साे खाेपकाे नाम mRNA-1273 राखिएकाे छ ।

अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी भएका छन् ।



सम्बन्धित
Loading...