भ्रामक समाचार सम्प्रेशण गर्ने १७ वटा सञ्चारगृहलाई २४ घण्टे स्पस्टिकरण
काठमाण्डाै । जनस्वास्थ्यसम्बन्धी भ्रामक,उत्तेजक शीर्षक राखी अपुस्ट समाचार सम्प्रेषण गर्ने १७ वटा अनलाइन, टिभी र पत्रिकासँग प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टिकरण साेधेकाे छ ।
पत्रकार आचार संहिता विपरितका ती सामग्री हटाउन लगाउनुका साथै २४ घण्टे स्पस्टिकरण सोधेको प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशाेर श्रेष्ठले बताए ।
दर्ता नभई सन्चालित अरु ७ वटा अनलाइनको प्रशारण नेपालभरि हेर्नै नमिल्ने बनाइएको उनले जनाए ।