नवलपुरमा अपलत्र सात सयबढी मजदुरको उद्दार




नवलपुर । विभिन्न क्षेत्रमा घर भई नवलपुरमा निर्माण सम्बन्धि काममा आएर अलपत्र परेका सात सय बढी मजदुरको उद्दार गरि घर पठाइएको छ ।
लकडाउन भए यता नवलपुरबाट जिल्ला प्रशासन कार्यालय नवलपुरको समन्वयमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टमा आवद्ध क्युपेक नेपालले ति मजदुरहरुको उद्दार गरी पठाएको हो ।


क्युपेक नेपाल केन्द्रिय उपाध्यक्ष रामप्रसाद पाण्डेका अनुसार जिल्ला प्रशासनसँग समन्वय गरेर उनीहरुलाई आफ्नो घरसम्म पुर्याउने काम भएको हो ।
बाँके, सल्यान, बारा, पर्सा, रौतहट लगायतका क्षेत्रका मजदुरहरुलाई आफ्नो घर पठाइएको पाण्डेले बताए ।
त्यसैगरी नवलपुरमा भारतको विहारका सय बढी अलपत्र परेको र मुम्बईमा नवलपुरका डेढ सय बढी होटल मजदुरहरुले उद्दारका लागि अपिल गरेको पाण्डेले बताए ।



सम्बन्धित
Loading...