स्वास्थ्य सामग्रीमा कालोबजारी गर्ने अग्रवाललाई थप सात हिरासतमा राखिने

काठमाडौ । व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।
स्वास्थ्य सामग्री कालोबजारी गरेको आरोपमा उनी मंगलबार पक्राउ परेका थिए ।
महानगरीय अपराध महाशाखाले कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवाललाई अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थपका लागि जिल्ला प्रशासनमा पेश गरेको थियो ।
प्रहरीले उनको अनुसन्धानका लागि ७ दिनको समय मागेको थियो । उनको म्याद थप गरेर महानगरीय प्रहरी परिसर काठमाडौंमा ल्याइएको परिसरका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।