कोरोना भाइरस र भ्रष्ट सरकार




विश्व भरीका देशहरु यतिबेला कोरोना भाइरस महामारीसँग संघर्ष गरिरहेका छन् ।
नेपालमा पनि कोरोना भाइरसका संक्रमित देखा परेको छन् । विश्वको अधिकांश देशमा लकडाउन गरिएको छ भने नेपाल सरकारले पनि नेपाललाई लकडाउन गरेको छ ।
विश्वनै यतिबेला संकटको घडिमा घुमिरहेको छ । संगठित अपराधिक समूह र भ्रष्ट सरकारी अधिकारीहरुले यतिबेला अवैध धन र शक्ति एकीकृत गर्ने नयाँ अवसरहरु पाएका छन् ।
सिमानाका नाकाबन्दीले उपभोग्य वस्तुको अभाव, सरोकारवाला निकाय मौन अनि यो विश्वव्यापी महामारीको कारणको भ्रष्ट निकायले यतिबेला लाभ उठाउने प्रशस्त मौका पाएका छन् ।
विश्वमा कोरोनाको महामारी तीब्र रुपमा फैलिरहेको छ । विश्वभरीका समुदायले यतिबेला स्वास्थ्य संकटको सामना गरिरहदा हाम्रो देशमा सामन्य मास्क र सेनिटाईजरमा समेत कालोबजारी भएको छ ।

यतिबेला सरकारको पहिलो दायित्व भनेको जनतालाई स्वास्थ्य प्रबद्र्धन गर्नु हो ।
यस्ता असाधारण प्रकोपको नियन्त्रण तथा रोकथाममा जनताप्रति सरकार कति उत्तरदायी छ भनेर देखाउने र जनताको मन जित्ने समय पनि हो ।
विश्वभर २ सय १० भन्दा बढी देशहरू यसमहामारीसँग संघर्ष गरिरहेका छन् । चिनको वुहानबाट सुरु भएको कोरोना भाइरसको कारण हालसम्म १ लाख २६ हजार बढीले ज्यान गुमाएका छ्न भने संक्रमितको संख्या २० लाखको हाराहारीमा पुगेको छ ।
नेपालमा पनि कोरोना पोजेटिभ भेटिएका छन् । हालसम्म नेपालमा १६ जना पोजेटिभ भेटिएका छन् भने १ जना निको भएर घर फर्किसकेका छन् ।





भ्रष्टाचार प्राय संकटको समयमा बढी फस्टाएको पाईन्छ ।
अहिले देशमा ठूलो संकट आईपरेको छ । यस्तो संकटको बेला पनि कसैलाई कमाउनै परेको छ । नेपाली उखान जस्तै कसैलाई के को धन्दा घर ज्वाईलाई खानको धन्दा भने जस्तो यतिबेला कतिलाई कालो धन थुपार्ने सजिलो बाटो कोरोना भाइरस बनेको छ ।

कोरोनाको महामारीले सबैभन्दा धेरै श्रमिक वर्गलाई असर पारेको छ । भोकले मर्नु भन्दा बहुलाउनु निको भन्दै लकडाउनबाट लुकेर श्रमिकहरु पैदल एक सय देखि ५ सय किलोमीटरसम्म हिडेर घर फर्किएका दृश्यले सरकारको खिल्ली उडाएको छ । मजदुरी गरेर खानेको लागि सरकार भएर पनि न नभएको जस्तो बनेका छन् ।
जनतालाई भेडा बाख्रा जस्तो ठान्ने प्रवृत्तिले गर्दा देशमा भ्रष्टहरुको संख्या बढ्दै गएको छ ।
यस्तो महामारीको बेला पनि देश लुट्नेको संख्यामा भारी वृद्धि हुनु नेपाल र नेपाली जनताको दुर्भाग्य हो ।
भ्रष्ट व्यक्ति र भ्रष्टाचारको नेपाली जनताले सामाजिक सन्जालबाट बिरोध गरिरहेका छन् । कालाबजारी गर्नेलाई कामकारबाहीको माग गरेका छन् तर सरकार भने मुखमा बुजो र कानमा ठेडी अनि आँखामा पट्टि बाधेर यसरी बसेको छ । न कसैलाई स्पष्टीकरण लिन्छ न त कारबाही नै गर्छ ।
लकडाउनको पालना गरेर नागरिकले सरकालाई सहयोग गरेका छन् । नागरिक घर भित्र बसेका छन् ।
उता सिमानामा हजारौं नेपाली अड्किएका खबरले मिडिया र सामाजिक संजालमा थुप्रै दृश्य देखिएका छन् । तिनीहरुलाई स्वदेश ल्याएर अनुगमनमा राख्ने व्यवस्था हुनुपर्ने थियो त्यो हुन सकेको छैन ।
सरकारले नागरिकको लागि विशेष प्याकेजको व्यवस्था गर्नु पर्ने थियो तर त्यसको खासै व्यवस्था हुन सकेको पाईदैन ।
दैनिक ज्यालामा गुजारा चलाउनेलाई राहत प्याकेज उपलब्ध भएको छैन भने, मूल्य बृद्धिले उपभोक्ताको ढाड सेकिएको छ । केही दिन अगाडि पाँच नम्बर प्रदेशमा पर्ने पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा राहत वितरण भन्दै कुहिएको चामल र किरा परेको सोयाबिन बितरण भएको समाचारले गरिबीको धोज्जी उढाएको छ । मान्छे समाजसेवाको नाममा यस्तो घिनलाग्दो काम गर्न पनि पछि पर्दैन यो एउटा उदाहरण हो । यस्ता भ्रष्ट प्रतिनिधिलाई कसले कारबाही गर्ने कसले दण्ड दिने ।

केही दिन अगाडि पाँच नम्बर प्रदेशमा पर्ने पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा राहत वितरण भन्दै कुहिएको चामल र किरा परेको सोयाबिन बितरण भएको समाचारले गरिबीको धोज्जी उढाएको छ । मान्छे समाजसेवाको नाममा यस्तो घिनलाग्दो काम गर्न पनि पछि पर्दैन यो एउटा उदाहरण हो । यस्ता भ्रष्ट प्रतिनिधिलाई कसले कारबाही गर्ने कसले दण्ड दिने ।

सबै स्वास्थ्यकर्मीहरुको लागि सुरक्षा सामाग्रीको व्यवस्था हुनु पर्नेमा उपलब्ध गराउन सकेको छैन । कोरोना लाएरभन्दा मान्छेहरु यतिकै मनको बाघले मर्न लागेका छ्न् । अन्य सामान्य रोगका बिरामीलाई अस्पताल भर्ना लिन मान्दैन न त डाक्टरहरु उपचार गर्ननै मान्दछ्न । न त डाक्टर तथा स्वास्थ्यकर्मीको लागि सुरक्षा सामग्री नै प्राप्त छन् ।
कोरोना कोषबाट कति लक्षित वर्गले राहत पाए त्यसको कुनै लेखाजोखा छैन । अपाङ्गता भएका तथा औषधी खाई राख्ने बिरामीले औषधि नपाएको गुनासो छ । भने
प्राईभेट अस्पतालले यस्तो महामारीको बेलामा सामान्य बिरामीलाई समेत सेवा दिन अटेर गरेको अबस्था छ ।
रातदिन खटिएका सुरक्षाकर्मीको लागि एउटा उहीँ पुरानो लौरो बाहेक अरु सुरक्षा व्यवस्था छैन ।

जनताका संघर्षबाट संविधानका धारा फेरिए राजनीतिक दलका अनुहार फेरिए तर पुरानै संस्कारलाई नयाँ नयाँ मोडलमा बोकेर आए ।
देशका सीमानामा हजारौं नेपाली अड्किएका छ्न । वैदेशिक रोजगारमा गएका लाखौ नेपाली कोरोनाले गर्दा न काम न घर फर्कने बाटो भएर बसेका छ्न् । एउटा नागरिक घर फर्किन महाकाली नदिमा हामफाल्न पर्ने नियती छ । हिजोसम्म रेमिटान्सले नेपाललाई पालेका श्रमिकहरु घर फर्कन चाहेका छन् । सरकारको पनि आफ्नै समस्या होला तत्काल नेपाल ल्याउने व्यवस्था गर्न नसके पनि रोजगारीको लागि खाडी गएका नेपालीको लागि आत्मबल बढाउने कुनै सम्बोद्धन गर्न पनि नसक्नु दुखको कुरो हो ।

हरेक नागरिकको अभिभावक भनेको राज्य हो । सामान्य रुघाखोकी ज्वोरो लागेका बिरामीहरुको नजिक स्वास्थ्यकर्मी जान डराएका छन्, जसले गर्दा सामान्य रोगका बिरामीले उचित उपचार पाएका छैनन् । एउटा सिटामोल नपाएर मर्न पर्ने गाउँ भएको देशमा झन् त्यस्ता स्थानमा कोरोनाका बिरामी भेटिए के हालत होला सरकारले कसरी नियन्त्रण गर्ला !

विश्वमा विकसित देशका ईतिहास हेर्ने हो भने विकसित देशमा भन्दा गरिब देशमा जनताले त्यागी नेता पाउन सकेको देखिन्न, त्यस्तै नेपालको स्थिति छ । देशले त्यागी नेता नपाउनु भनेको गरिब राष्ट्रमा भ्रष्टाचार झन् फस्टाउनु हो ।
कोरोना कोषमा भएको पैसा लक्षित वर्गले प्रात गरे गरेनन त्यसको लेखाजोखा छैन । गाउँदेखि शहर पसेका मजदुरको अवस्था हेर्ने हो भने न घर जान पाएका छन खान नै पाएका छौ भन्दै १ हजार किलो मिटरको यात्रा पैदल हिडेर झोलामा चाउचाउ र चिउरा राखेर हिडेका यस्ता दृश्यले सरकार भएर पनि न भएको आभास मजदुरले गरेका छन् । घर फर्कन चाहनेलाई उचित ढङ्गले घर पुर्याउनु पर्ने सरकारको दायित्व हो । संका लागेका र सम्पर्कमा आएका बिरामीको टेस्ट तुरुन्तै हुनु पर्नेमा त्यो हुन सकेको छैन । आईसोलेसन बेडमा पिपिई, भेन्टिलेटर, अक्सिजनको व्यवस्था छैन । न त तालिम प्राप्त स्व्स्थ्यकर्मी र एम्बुलेन्स चालक नै छन् ।

हरेक नागरिकको अभिभावक भनेको राज्य हो । सामान्य रुघाखोकी ज्वोरो लागेका बिरामीहरुको नजिक स्वास्थ्यकर्मी जान डराएका छन्, जसले गर्दा सामान्य रोगका बिरामीले उचित उपचार पाएका छैनन् । एउटा सिटामोल नपाएर मर्न पर्ने गाउँ भएको देशमा झन् त्यस्ता स्थानमा कोरोनाका बिरामी भेटिए के हालत होला सरकारले कसरी नियन्त्रण गर्ला !

राष्ट्रिय संकटको बेला चाहिएका स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेपछि यो सरकार कति निकम्मा रहेछ भन्ने प्रष्ट भएको छ । संकटको बेला पनि कमाउनै चाहाने, देश र जनतालाई बचाउन छाडेर आफू कुम्ल्याउन खोज्ने । यो प्रकरणमा सम्लग्न राजनितिको नेतृत्व लगायतका सबै पधाधिकारीको अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही न भए नेपाली जनताले अर्को चुनावमा के आधारले भोट देलान सम्बन्धितले बेलैमा सोच्नु पर्ने बेला आएको छ ।
स्थानीय तहमा राहत वितरण गरेको हेर्ने हो भने गलामा सुनको सिक्री हातमा आईफोन बोक्नेले राहत पाएका छन् । राहत कस्ता व्यक्तिको लागि भनेर बुझ्न नसक्ने तिनै हुन जुन चुनावको समयमा एउटा कुखुराको सपेटो र एक बोतल रक्सीमा बिक्न पछि परेका थिएनन् ।
लकडाउन भनेको घरमै भित्र थुनेर राख्नु मात्रै होईन सरकार अत्यावश्यक वस्तुहरुको आपूर्ति घरघरमा पुर्याईदिनु पनि हो ।

नेपाली सेना भनेका देशका रक्षक हुन् । सेनाको काम सामान किन्न जाने होइन सामान किन्न जानेलाई सुरक्षा दिने र सरकारलाई सहयोग गर्ने हो ।
नामर्दकी स्वास्नी हुनु भन्दा मर्दकी कमारी हुनु राम्रो भन्ने उखान जस्तो गणतन्त्रको मन्त्र जपेर जनता र देशको मर्म नबुझ्ने शासक भन्दा भ्रष्टाचारीलाई कठोर सजाय दिने, राज्यको बिकासको लागि दिगो ज्यान दिने कठोर नेता नै जनताको प्रिय हुन्छन ।

नेपाली उखान विस्तरा लगा विस्तरा लगा भन्ने तर दौरा न काड्ने भने जस्तो सरकार लकडाउनमा भित्र बस भन्ने तर जनताको आवश्यक बस्तुहरुको परिपुर्ति गर्न सकिरहेको छैन् ।
आफैले गरेका उच्च तहका निर्णय आफैले रद्द गरेको छ । जसले गर्दा सरकार आफैलाई आफ्नो बिश्वास नभएको पाईन्छ ।

नेपाली सेना भनेका देशका रक्षक हुन् । सेनाको काम सामान किन्न जाने होइन सामान किन्न जानेलाई सुरक्षा दिने र सरकारलाई सहयोग गर्ने हो ।
नामर्दकी स्वास्नी हुनु भन्दा मर्दकी कमारी हुनु राम्रो भन्ने उखान जस्तो गणतन्त्रको मन्त्र जपेर जनता र देशको मर्म नबुझ्ने शासक भन्दा भ्रष्टाचारीलाई कठोर सजाय दिने, राज्यको बिकासको लागि दिगो ज्यान दिने कठोर नेता नै जनताको प्रिय हुन्छन ।
बजारमा खाद्यान्नको भाउ बढेर छोई सक्नु छैन । विश्वको २ सय १० भन्दा बढी देश कोरोना संक्रमणबाट लडिरहेको छ ।
मुलुकमा सुसासन समृद्धि चुनावमा भोट माग्ने नारामा मात्रै भएका छन् ।

भारतको ज्यादतीबाट सिमानामा रहेका नागरिक र सिमा सुरक्षा मा खटिएका सुरक्षाकर्मी माथि खुलेयाम हमला हुँदा राज्य भने मौन देखिन्छ । त्यति मात्रै नभएर नेपालबाट कोरोना भारत भित्राउने षड्यन्त्र भन्दै भारतीय मिडियामा ‘कु’ प्रचार रचिएको छ । भने नेपालमाथि मिडिया हमला भारतले गरेको छ भने भारती तीन नागरिक नेपालमा कोरोना पोजेटिभ भेटिएका समेत छन् । र भारतीय नागरिकबाट केही दिन अगाडि सिरहामा नेपाली सुरक्षाकर्मीमाथि रगताम्य हुने गरि कुटपिट गरि घाईते बनाईएको छ ।
नेपाली जनताले ३० वर्षको पन्चायत व्यवस्थाको अन्त्य गरेको पनि ३० वर्ष पुगिसकेको छ । देशमा नयाँ राजनीतिक पद्धति स्थापना भै गणतान्त्रिक मुलुक भै सकेपछि नेपाली जनताले थुप्रै आश गरेका थिए । भ्रष्टाचार, अनियमितता, नातावाद कृपावाद र निरंकुश चरित्रले मुलुकमा अहिले कोरोनाबाट देशलाई बचाउन सक्लान भन्ने विश्वास नागरिकमा हराएको छ ।
राज्यसँग पैसा नभएर कोरोना विरुद्ध काम गर्न नसकेको भने पक्कै होइन । वर्षौदेखि विभिन्न प्रकोपको नाममा करोडौं पैसा जम्मा भएको छ । त्यो पैसा खर्च गर्न नसकेर त्यसै फ्रिज भएर जान्छ अहिले त्यही प्रकोपको नाममा भएको रकमलाई कोरोना विरुद्ध काम गर्न लगाउनुपर्छ ।

७० करोड खान नपाएर ‍¥याल काड्नेहरुको समूहले चलाएको सरकारसँग पैसा नभएर होइन काम गर्ने इच्छा शक्ति र बाहिर देशले गर्ने आर्थिक सहयोगमा निर्भर हुने प्रवृत्तिले गर्दा दुई तिहाई सरकार बलियो हुँदाहुँदै पनि अहिले आएर कमजोर र भ्रष्ट बनेको छ ।
गम्भीरतापूर्बक काम गरिरहेका स्वास्थकर्मी लगायतका लागि सुरक्षाको वातावरण सिर्जना गराउन नसक्नु दुःखद कुरो हो ।
जोखिम मोलेर काम गरेका स्वास्थ्यकर्मी तथा जनशक्तिको लागि राज्यले गम्भीरतापूर्वक छिटोभन्दा छिटो सोच्नु पर्ने देखिन्छ ।
स्वाब नमुना सन्कलनकर्ता तथा प्रयोगशालामा काम गर्ने जनशक्तिले पिपिई विना कसरी काम गर्न सक्लान् सरकारले तत्काल पिपिईको व्यवस्था गरि कोरिनाका विरुद्धका काम गर्न खटिएकाको सुरक्षाको व्यवस्था गर्नु पहिलो प्राथमिकता हुन आउँछ ।

राज्यको अन्यत्रको फजुल खर्च कटाएर कोरोना नमूना संकलन र परिक्षणको लागि सुरक्षित वातावरण निर्माण गर्दिनु राज्यको दायित्व हो जुन अत्यन्तै महत्वपूर्ण देखिन्छ ।
रोग संक्रमण महामारी सम्यन्त्रमा सरुवा रोग नियन्त्रण बारे ज्ञान भएका डाक्टरहरु भएको विशेषज्ञ टोलीको आवश्यकता छ कुनै ज्ञान नभएका नेताको समूहले कसरी फिल्ड गएर काम गर्न सक्ला हामी सहजै अनुमान गर्न सक्छौ ।
राजतन्त्रको निरंकुशताले गणतन्त्र ल्याएका हामी नेपाली जनता अब गणतन्त्रको निरंकुशताले फेरि राजतन्त्र स्थापित नहोला भन्न सकिँदैन । सरकार चलाउन नारा होइन सिद्धान्तको आवश्यकता पर्दछ ।
कुन पार्टीले सरकार चलाएको छ भन्ने महत्वपूर्ण होइन सरकारमा बसेकाहरु देश र जनताप्रति कति जिम्मेवार छन् भन्ने महत्वपूर्ण कुरा हो ।

 



सम्बन्धित
Loading...