घर फर्केका १५० मजदुर चितवन र धादिङको सीमामा अलपत्र


लामो लकडाउनका कारण घर फर्केका मजदुरहरु  चितवन र धादिङको सिमानामा पर्ने मौ खोलामा पुगेर विचल्लीमा परेका छन् । उनीहरु काठमाडौंबाट खाद्यान्न बोक्ने मालबहाक गाडीमा गएका हुन् ।



चितवन, रोल्पा, रुकुम र रुपन्देही लगायतका जिल्लामा रहेका आफ्नो घर जान हिँडेका उनीहरुलाई चितवन जिल्ला प्रशासनले बीच बाटोमा रोकेपछि अलपत्र परेका हुन् ।

रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का तिलक डाँगीले आफूहरु इटा भट्टामा काम गर्ने गरेपनि लक ाउन लम्बिएको र खान बस्न समस्या भएकाले आफ्नो घर फर्कन लाग्दा बीचमै रोकेर अलपत्र परेको बताए ।




मजदुरहरु बिचल्लीमा परेपछि जिल्ला प्रशासन कार्यलय चितवन र धादिङका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखहरुबीच उनीहरुलाई जुन जिल्लाबाट गएका हुन् सोही जिल्लामा फर्काउने सहमति भएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले जानकारी दिए ।

इच्छा मनकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङले अलपत्र मजदुरहरुलाई काठमाडौ नै फर्काउनुको साटो घरतर्फ नै पठाउनुपर्ने बताइन् । तर सहमतिपछि उनीहरुलाई आएको ठाउँतिर फर्काउन थालिएको छ ।



सम्बन्धित
Loading...