चितवनमा प्रहरीद्वारा पत्रकारमाथि दुव्र्यवहार, दुव्र्यवहार गर्ने प्रहरीलाई कारबाहीको माग


केशब तिवारी घायल –
चितवन । स्थलगत रिपोर्टिङका क्रममा रहेका चितवनका दुई जना पत्रकारलाई सोमबार प्रहरीले दुव्र्यवहार गरेको छ ।
सोमबार भरतपुरको चौबीसकोठीमा रिपोर्टिङमा रहेका कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र त्रिवेणी एफएममा कार्यरत पत्रकार अर्जुन अधिकारीलाई प्रहरीले दुर्व्यवहार गरी नियन्त्रणमा लिएको नेपाल पत्रकार महासंघ चितवन शाखाले जनाएको छ ।
यसैबीच चितवनको नेपाल पत्रकार महासंघ, नेपाल प्रेस संगठन र नेपाल प्रेस युनियनले सोमबार संयुक्त विज्ञप्ति जारी गरी पत्रकारलाई दुव्र्यवहार गर्ने र नियन्त्रणमा लिने प्रहरीलाई कारबाही गर्न माग गरेका छन् ।
परिचयपत्र देखाएर सञ्चारकर्ममा नै खटिएको भनी पटकपटक जानकारी गराउँदा पनि प्रहरीले पत्रकारका सवारीसाधनसमेत नियन्त्रणमा लिई कभर्ड हलमा लगेर क्वारेन्टाइनमा राखिएको विज्ञप्तिमा उल्लेख छ ।
पत्रकारले खिचेको फोटो, भिडियोसमेत डिलिट गर्न लगाई सञ्चारकर्मी र सञ्चारसाधनलाई नियन्त्रणमा लिइनु खेदजनक रहेको महासंघका अध्यक्ष राधेश्याम खतिवडाले बताए ।



महामारीको अवस्थामा समेत अग्रपंक्तिमा रहेर जनतालाई सुसूचित गराउने काममा खटिएका पत्रकारलाई जबर्जस्ती पक्राउ गर्ने  र दुर्व्यवहार गर्नेलाई कारवाहीकाे माग गरिएकाेे छ।



सम्बन्धित
Loading...