थेग्नै नसक्ने गरी संक्रमण फैलिए घरमै उपचार


  • पत्रपत्रिका । राजधानी दैनिकबाट –


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायबाट समुदायमा संक्रमण फैलिएको अवस्थामा त्यसालई पूर्ण रुपमा नियन्त्रणमा लिने गरी घरमै उपचार गर्ने व्यवस्था मिलाउने तयारी थालेको छ ।
कोरोना महामारीको सम्भावित जोखिम कम गर्न सबै उपाय अपनाएर जुधिरहेको सरकारले संक्रमण रोकथाम र नियन्त्रणका लागि चार वटा रणनिती बताएको थियो ।
रणनिती अनुसार नै व्यवस्थित किसिमले काम गरिरहेकाले कोरोना संक्रमणको दर बढ्न नपाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए ।
सचिव कोइरालाका अनुसार संक्रमण दर थेग्नै नसक्ने गरी फैलिए घरमै गएर उपचार गर्ने व्यवस्था मिलाउनेसम्मको तयारी गरिएकाले आत्तिनु पर्ने अवस्था नभएको बताए ।
नेपालमा हालसम्म कोरोना कोभिड १९ संक्रमितको संख्या ५९ पुगेको छ ।



सम्बन्धित
Loading...