विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी


.



बुटवल । रुपन्देहीमा विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी परेका छन् ।

परिवारका सदस्यले जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी भएका हुन् । बिरामी हुनेमा १२ वर्षीया बालिकादेखि ७० वर्षीय वृद्धा रहेको अस्पतालले जनाएको छ ।

बिरामी हुनेमा रुपन्देहीको जिल्लाको गैडहवा गाउँपालिका वडा नम्बर ४ मिनमिनवाका १२ वर्षीया अनिशा हरिजन, १४ वर्षीया मनिषा हरिजन, १६ वर्षीय रामानन्द हरिजन, १८ वर्षीया लक्ष्मी हरिजन, ३५ वर्षीया सरस्वती हरिजन,४५ वर्षीया बद्री हरिजन र ७० वर्षीय कैलाशी हरिजन रहेका छन् ।
शुक्रबार राति च्याउ खाएका उनीहरुमा पेट दुख्ने र बान्ता हुने जस्ता समस्या देखिएपछि रातति१२ बजे भीम अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको भीम अस्पतालका  प्रमुख  डा.नविन दनालले बताए। बिरामीहरुको स्वास्थ्य अवस्था अहिले सामान्य बन्दै गएको उनले जानकारी दिए ।


सम्बन्धित
Loading...